खप्तड क्षेत्र पर्यटन विकास समितिका कर्मचारीले १९ महिना देखि तलब पाएनन्
प्रकाश बम,
प्रकाशित २०७६ माघ २४ शुक्रबार
753
Shares
डोटी। खप्तड क्षेत्र पर्यटन विकास समिति अन्तर्गत काम गर्ने कर्मचारीहरूले १९ महिनदेखि तलब नपाएको गुनासो गरेका छन्। ०७५ साल श्रावण महिनादेखि अहिलेसम्म उक्त कार्यालयमा काम गर्ने विभिन्न तहका ५ जना कर्मचारीहरूले तलब नपाएको बताएका छन्।
सङ्घीय संरचना अनुसार अहिले प्रदेश सरकार मातहतमा उक्त कार्यालय रहेको बताउँदै आफ्नो कार्यालयका कर्मचारीहरूलाई ०७५ साल असारसम्मको तलब भत्ता दिएको पूर्व खप्तड क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष पुर्णराज जोशीले बताए।
खप्तड जस्तो क्षेत्रमा व्यापक अनियमितता भएकाले आफूले अध्यक्ष पदबाट छोडेको उनले बताए। खप्तड स्वामीले तपस्या गरेको ठाउँमा समेत यस्तो भइरहेको देख्दा आफूलाई घृणा लागेको उनले बताए। समिति विगठन भएको डेढ वर्ष हुँदा समेत सम्बन्धित निकाय अहिलेसम्म यसरी मौन बस्नु राम्रो नभएको समेत जोशीले प्रतिक्रिया दिए।
नयाँ कार्यसमिति गठन र नयाँ कार्यकारी नियुक्त पछि मात्रै तलवी पक्रिया अघि बढ्ने जानकारी आएको डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए। केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गरिसकेको वताउदै गत आर्थिक वर्षमा प्रदेश सरकारले गठनादेश जारी गरेर काम अगाडी बढाई रहेको सुदूर पश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको पर्यटन शाखाका शाखा अधिकृत भोजराज पाठकले बताए।
उक्त कार्यलयमा ५ जना कर्मचारी रहेका छन्। जसमा शाखा अधिकृत प्रेम कुँवर, सव इन्जिनियर दीपेश महतरा, कार्यालय सहयोगी धन बहादुर सिंह, शशी सिंह र लोक रावल रहेको शाखा अधिकृत कुँवरले जानकारी दिए।
दुई वर्षबाट कार्यलयमा आएका चिठ्ठी पत्र बुझ्ने, कार्यक्रममा जाने भन्दा अरू केही काम नभएको शाखा अधिकृत कुँवरले बताए। उक्त कार्यलयमा जडान गरिएको टेलिफोन महसुल नवुझाउदा एक वर्षदेखि लाइन काटिएको उनले वताए।
बिधुत्तलाईन समेत पटक पटक काट्नको लागि पत्रचार आउदा अहिले वजेट नआएकाले रोकि दिन भनेर पत्र पठाएर रोकेको शाखा अधिकृत कुँवरले वताए। खप्तड क्षेत्र पर्यटन विकास समिति मार्फत अहिले पर्यटन वर्ष २०२०का समय यहाँको प्रचार प्रासारा गर्नु वेला १९ महिना यताबाट विकास समितिको नव निर्मित अढाई तलाको ९ कोठे भवन कुरुवाका रूपमा परिणत भएको उनले भने।
पटक पटक लिखित रुपमा जानकारी गारउदा समेत अहिले सम्म कुनै सुनुवाई नभएको शाखा अधिकृत कुँवरले दुखेसो पोखे। यसरि खप्तडको समग्र विकासका लागि सरकारले गठन गरेको खप्तड पर्यटन क्षेत्र विकास समिति विघटन भएको डेढ वर्ष हुँदा समेत गठनादेश नहुँदा अलपत्र अवस्थामा रहेको छ।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि माया भट्टका स्वकिय सचिव शेर चन्दका अनुसार गठन आदेश जारी भए पनि राजनितिक खिचातानिका कारण सर्व सम्मत रुपमा कार्यकारी र अध्यक्ष लगाएतका पदाधिकारी छनौटमा ढिलाई भईरहेका वताए। नेताहरुसंग छलफल र परामर्श भईरहेको वताउदै जिल्ला जिल्लाले आ आफ्नो जिल्लाको हुनु पर्ने अडानका कारणले पनि काम हुन नसकेको स्वकिय सचिव चन्दले बताए।
भु–स्वर्गका रूपमा रहेको खप्तडमा आउने बजेट अधिकांश भ्रष्ट्राचार हुने गरेको स्थानीयहरूले बताएका छन्। भ्रष्टाचारको आरोप खेप्दै आएको समिति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक पटक मुद्दा पनि पर्दै आएको छ।