arrow

उपन्यासकार वाग्लेलाई कंचनपुरमा सम्मान

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ माघ २४ शुक्रबार
wagle1.jpg

कंचनपुर । पुनर्वास नामक उपन्यास लेखेर चर्चित बनेका लेखक सर्वज्ञ वाग्लेलाई पश्चिम नेपालको कंचनपुर स्थित पुनर्वास नगरपालिकामा शुक्रबार एक कार्यक्रमको आयोजना गरि भब्य स्वागत गरिएको छ ।

सीमा क्षेत्रका जनताले भोग्दै आएका समस्याहरुमा आधारित उपन्यास लेखेर लेखक वाग्लेले पुनर्वासको नाम उँचो राखेको भन्दै ग्रामिण जागरण बिकास संघ नेपालले पुनर्वासको त्रिभुवनबस्तीमा आयोजना गरेको कार्यक्रममा शुक्रबार उनलाई सम्मान गरिएको हो ।

'पुनर्वास' उपन्यासलाई आफ्नो गृह जिल्लामा लोकार्पण गर्न कंचनपुर पुगेका उपन्यासकार वाग्लेलाई नागरिक स्तरबाट सम्मान सम्मान गरिएको हो ।  शुक्रबार त्रिभुवनबस्तीमा आयोजित कार्यक्रममा राडा नेपाल र  ज्योति पुस्तकालयले स्थापना गरेको कौडिण्य साहित्य पुरस्कारका संस्थापक कवि गणेश दत्त न्यौपानेले उपन्यासकार वाग्लेलाई दोसल्ला र कदर पत्र दिएर सम्मान गरेका हुन ।

 उपन्यासकार वाग्लेको उपन्यास 'पुनर्वास' बारे टिप्पणी गर्दै पत्रकार तथा साहित्यकार महेश पौडेलले भने ' पुनर्वास' का कारण कन्चनपुरको यो पुनर्वासलाई धेरैले चिन्ने अवसरका रुपमा भएको छ । आर्थिक अभाव दैवी प्रकोप लगाएतका समस्याले पिरोले पछि जीवन निर्वाहकालागि मान्छेले पुनर्वास गर्दै गर्दाका पिडाहरुलाई उपन्यासकार वाग्लेले कथामा समेटेका छन् ।

लेखक वाग्लेले उपन्यासमा 'पुनर्वास' लाई उजागर गरे पछि पुनर्वास प्रति देश बिदेशमा चर्चा चुलिएको छ । सोहि कार्यक्रममा पत्रकार तथा समालोचक राजकुमार बानियाले भने पुनर्वासको कथाका कारण पुनर्वासको महत्व अझै बढेको छ ।  मान्छेले हिजो पुनर्वासलाई हेर्ने दृष्टिकोण र परिभाषा फेर्न उपन्यासकार वाग्लेको 'पुनर्वास' उपन्यास प्रयाप्त छ ।

राडा नेपालका अध्यक्ष राजेन्द्र सिह धामीको सभापतित्वमा आयोजित कार्यक्रममा पुर्व बातावरण तथा जनसंख्या सहायक मंत्री लालबहादुर बिश्वकर्मा रहेका थिए । सोहि कार्यक्रममा आयोजक संस्थाले सीमा रक्षाका लागि ज्यानको आहुति दिने सहिद गोविन्द गौतमका माता पिता सम्मान समेत गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ