arrow

नामिवियाविरुद्ध नेपालको रोमाञ्चक जित, घरेलु मैदानमा भएका दुबै खेल कब्जा

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
hamrakura-cricket.jpg.jpeg
काठमाडौं । नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले रोमान्चक जित हासिल गरेको छ । २ सय ४० रनको कठिन चुनौती पछ्याएको नेपालले नामिवियालाई १ बल खेल्न बाँकी छँदा ७  विकेट गुमाएर ३ विकेटले पराजित गर्दै रोमान्चक जित हासिल गरेको हो । नेपाललाई अन्तिम २ बलमा १ रन आवश्यक रहेकामा शरद भेषावकरले चौका प्रहार गरेर जित सुनिश्चित गरेका हुन् । 
 
नेपालका लागि कप्तान पासर खड्काले शानदार सतक बनाए । उनले ९४ बलमा ७ छक्का र ५ चौकाको मद्दतले एक सय ३ रन बनाए । यस्तै, तेस्रो क्रममा आएका मध्यक्रमका व्याट्सम्यान शरद भेषावकरले  रन बनाए ।  यस्तै, तेस्रो क्रममा आएका मध्यक्रमका व्याट्सम्यान शरद भेषावकरले अघिल्लो खेल झै यो खेललाई पनि सिंगारे । उनले नै अन्तिम अवसरलाई सदुपयोग गरे । शरदले एक सय ७ बलमा ५ चौकाको मद्दतले ७४ रन बनाए । जितका लागि उनले नै महत्वपूर्ण चौका प्रहार गरे । पारस र शरदले गरेको एक सय ६७ रनको साझेदारी हाल सम्मकै उत्कृष्ठ हो । यी दुईले २८ ओभर १ बल साझेदारी गर्दै यो कीर्तिमान बनाएका हुन् । ओपनर ज्ञानेन्द्र मल्लले २२ रनको योगदान दिए । यसअघिको खेलमा महत्वपूर्ण व्याटिङ गरेका विनोद भण्डारीले १३ बलमा १२ रन बनाए । बलिङमा १ मेडन राख्दै २ विकेट लिएका बसन्त रेग्मीले खाता खोलेका थिए । 
 
बलिङतर्फ नामिवियाका सरेल बर्गरले ३ तथा झिवागो ग्रोएनवाल्डले २ विकेट लिए । यसअघि, टस हारेर पहिले व्याटिङ गरेको नामिवियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ३९ रन बनाएको थियो । नामिवियाका लागि कप्तान स्टेफन बार्डले सबैभन्दा बढी ५१ रन बनाए । उनीसंगै साझेदारी गरेका जेन ग्रिनले ४७ रन बनाए । सुरुवातमा नेपाली बरलरलाई दबाबमा राखेका उनीहरुलाई पछि सन्दीप लामिछाने, बसन्त रेग्मी र शक्ति गौचनले दबाबमा राखे । सन्दीपले २ मेडन राख्दै २ विकेट लिए भने, बसन्तले १ मेडन राख्दै २ विकेट लिए । यस्तै शक्ति गौचनले समेत २ विकेट लिए । यस्तै सागर पुनले समेत १ मेडन राखे । समग्रमा विकेटले साथ दिएकै कारण खेल जितेको खेल पछि नेपाली टोलीका कप्तान पासरस खड्काले बताए ।
 
यसअघि, नेपाली टोलीका प्रशिक्षक  जगत टमाटाले नेपाली टोलीका लागि जित सहज जभएको र मेहनत गरेरै जित्नुपर्ने बताएका थिए । यो जितसंगै नेपालले अघिल्लो चरण प्रवेशको ढोका खोलेको छ । अब नेपालले नेदरल्याण्ड्ससंग अवे म्याच खेल्ने छ । लिगको शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससंगको खेल नेपालका लागि सहज हुने छैन । यो जितले नेपाललाई लिगको पाँचौ स्थानमा पुगेको छ । शीर्ष चार भित्र पर्नका लागि नेपालले अबको खेल जित्नै पर्नेछ । नामिवियासंगको दुवै खेल जितेको नेपालले ४ अंब बटुल्दै यसअघि हारेको पुपुवान्यूगिनीलाई समेत पछारेको छ । यसअघि, नेपाल पपुवान्यूगिनी र स्कटल्याण्डसंग भएका चारै खेलमा पराजित भएको थियो । 
 
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी आठ टोलीमध्ये शीर्ष चार भित्रपर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् । गत वर्ष नामिबियामै भएको आइसिसी विश्व क्रिकेट लिग  ‘डिभिजन–टु ’मा नेपालले घरेलु टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको थियो भने सन् २००१ मा क्यानाडामा भएको आइसीसी ट्रफी समूह चरणको खेलमा नेपाल पराजित भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ