arrow

नेल्टा रुपन्देहीमा डोलराज गैह्रे

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ माघ २५ शनिबार

रुपन्देही। नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) रुपन्देहीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। तिलोक्तमा नगरपालिकाको वाउन्नकोटी सामुदायिक वनको सभाहलमा सम्पन्न अधिवेशनले डोलराज गैह्रेको अध्यक्ष सहित जिल्ला कार्य समिति चयन गरिएको छ।

उपाध्यक्षयमा वालकृष्ण घिमिरे, सचिवमा प्रदिप घिमिरे, सह सचिवमा सरोज पन्त, कोषाध्यक्षमा महेन्द्र गौतम र सदस्यहरुमा भिमा अर्याल, भुवन ज्ञवाली, टेक नाथ चौधरी, पिताम्मर अर्याल, सुर्य प्रसाद घिमिरे र सुर्य प्रसाद कुमाल निर्वाचित भएको निर्वाचन समितिका सदस्य युवराज घिमिरेल जानकारी दिएका छन्। त्यस्तै आसन्न केन्द्रिय महाधिवेशनको लागी पनि सर्वसम्मत रुपमा केन्द्रिय प्रतिनिधी पनि चयन गरिएको घिमिरेले बताए।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले किसानको घर घरमा गएर सेवा दिने प्राविधिकलाई वर्तमान सरकारले उचित व्यवस्थापन गर्न नसकेको तथा भेदभाव पुर्ण व्यवाहार गरेको प्रति आपत्ती जनाए। कृषि संग सिधै जोडिएर काम गर्ने नेल्टाका सदस्यहरुको सेवा वृति तथा काममा अवरोध गरेमा कांग्रेसले त्यस्ता तत्वहरु प्रति आन्दोलन गर्ने चेतावनी दिए।

त्यस्तै कार्यक्रममा वोल्दै नेल्टाका केन्द्रिय अध्यक्ष जनक बहादुर रावलले देशभरि छरिएर रहेका पशु स्वास्थ्य प्राविधिकहरुको हक हितको लागी संगठन सधै लाग्ने र प्राविधिकहरुको हकहित र संरक्षणको लागी संगठन लाग्ने बताए। यस्र्तै महासचिव सुरेश श्रेष्ठले लोकतन्त्रमा सवैका माग राख्ने अधिकार रहेको वेला लोकतन्त्र वादी प्राविधिकहरुलाई सक्ता पक्षले दास्रो आखाले हेरेको बताए।

कार्यक्रममा नेल्टाका उपाध्यक्ष छविलला भट्राई, निजामति कर्मचारी संघका मोहन नेपाल, गोविन्द प्रसाद वस्याल, धनेश्वर खनाल, ऐश्वय आर्चाय, लक्ष्मण घिमिरे लगायतले कृषि र पशुपालनमा नेल्टाको योगदान र नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकानना व्यात्त गरे।

नव निर्वाचित अध्यक्ष डोलराज गैह्रेले संगठलाई साझा संगठनको रुपमा लाने र ग्रामिण क्षेत्रमा रहेका पशुपालक किसानहरुको समस्या समाधान गरी उन्नत पशुपालन तर्फ सहयोग गर्न आफु र कार्य समिति लाग्ने प्रतिवद्धता जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ