arrow

दोलखा उद्योग वाणिज्य संघमा मानन्धर समुह दुई तिहाई मतले विजयी हुने दावी

logo
श्याम प्रसाद खतिवडा,
प्रकाशित २०७३ वैशाख ६ सोमबार
manandhar.jpg.jpeg
दोलखा ।  दोलखा उद्योग वाणिज्य संघको २१ औँ साधारण सभाको निर्वाचनमा रामेश्वर मानन्धरको प्यानलले यस पटक पनि विजयी हाँसील गर्ने सुनिश्चित भएको दावी गरेको छ । दोलखा उद्योग वाणिज्य संघको तिन कार्यकाल नेतृत्व गरिसकेका मानन्धरले यसपटक पनि अध्यक्षमा आफ्नो उमेद्वारी दिए लगत्तै दोलखाली उद्योगी व्यवसायीले मानन्धरको प्यानललाई दुई तिहाई मतले विजयी गराउने वचन दिएका हुन् । चुनावको सरगर्मी वढेसँगै विभिन्न शाखामा पुगी मत वुझ्ने क्रममा उद्योगी व्यवसायीले मानन्धरलाई विगतका काम र गुणहरुलाई मुल्याङ्कन गर्दै यसपटक पनि दुई तिहाइ भन्दा वढि मतले विजयी गराउने वचन दिएका मानन्धर समुहका सदस्य सन्तोष कुँवरले वताएका छन् । 
 
राजनितिक जोड घटाउका हिसावले २०७० को संविधान सभाको निर्वाचनमा दुवै क्षेत्र एमालेले जितेसँगै दोलखा आफ्नो मात्रै लालकिल्ला हो भनेर जनमानसमा भ्रमको खेती गरिरहेको भन्दै वर्तमान परिप्रेक्षलाई चिर्नकै लागि भएपनि अन्य दलहरुले निजि क्षेत्रको एक मात्र अग्रणी र वलियो संस्था दोलखा उद्योग वाणिज्य संघमा एमालेको कुनै कसर प्रवेश गर्न नदिने दाउमा देखिएका छन् । फलस्वरुप मानन्धर प्यानललाई एमाले वाहेक दोलखाका सवै राजनितिक दलहरुको समर्थन रहेको एकिकृत नेकपा माओवादीका एक नेताले वताएका छन् । 
 
यतिखेर उद्योग वाणिज्य संघ दोलखाको नयाँ नेतृत्वको लागि दोलखाली उद्योगी व्यवसायीका धरोहर  रामेश्वर मानन्धर र व्यवसायी सुन्दर कार्कीको समुह चुनावी मैदानमा उत्रिएको छ । मानन्धरले दोलखा उद्योग वाणिज्य संघको कार्यकालको सुरुवात गर्दा संघमा १९ लाख भन्दा वढिको ऋण भएपनि तिन  कार्यकाल सम्हालिसक्दा उनले संघलाई ऋणवाट मुक्त गरी संघको सचिवालय विस्तार तथा कर्मचारी व्यवस्थापन गर्नका लागि दुई तला थपि भवनलाई व्यवस्थित वनाँउदै संघको खातामा ५ लाख भन्दा वढि रकम सञ्चय गर्न सफल भएका छन् ।
 
 त्यसको अलावा तिन  कार्यकालको अवधिमा मानन्धरको प्यानलले दोलखामा ‘एक गाँउ एक उत्पादन’ को कार्यक्रम सफल पारि मुलुककै नमुना कोसेली घर सञ्चालनमा ल्याएको थियो । जसलाई उच्च मुल्याङ्कन गर्दै नेपाल उद्योग वाणिज्य महासंघले दोलखा उद्योग बाणिज्य संघलाई उत्कृष्ट जिल्ला संघको रुपमा  सम्मान एवम् पुरस्किृत गरिसकेको छ । त्यति मात्र नभएर तिन कार्यकालको अवधिमा मानन्धरले दोलखा उद्योग वाणिज्य संघलाई घ वर्गवाट क वर्गमा स्तरोन्नति गरेका थिए । 
 
उद्योग व्यवसायीहरुको हकहितको लागि शाखा लाई वलियो र चुस्त वनाउन मानन्धरको कार्यकालमा जिरीमा एक करोड भन्दा वढि मुल्यको आधुनिक भवन निर्माण भइसकेको जिरी नगर उद्योग वाणिज्य संघ तदर्थ समितिका अध्यक्ष मधुकुमार कार्कीले वताएका छन् र अन्य शाखामा भने भवन वनाउने अभियान चलिरहेको संघका महासचिव हेमराज रिमालले वताए ।
 
२०७२ बैशाख १२, १३ र २९ को भुकम्पपछि क्षतविच्छेद भएको दोलखाका उद्योगी व्यवसायीको लागि मानन्धर नेतृत्वले तत्काल राहत तथा पुर्नस्थापनका कार्यक्रम अगाडी सारेको थियो । जिल्लास्थित स्थानीय सरोकार निकायले जिल्लाको १७ गाविसको व्यापारीक केन्द्र सिंगटीलाई विस्थापित गर्ने भनेर निर्णय गर्दा पनि संघले उद्योगी व्यवसायीको हक हितको लागि सिंगटी बजारलाई स्थपित गर्नुपर्छ भनी जिल्ला स्थित सरकारी कार्यालय, र अन्र्तराष्ट्रिय निकायसँग सहकार्य गरी सिंगटी बजारमा तटवन्ध लगाउने काम अगाडी सारेको थियो र उक्त काम अहिले पनि जारी रहेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष रामेश्वर मानन्धरले बताए । मानन्धर नेतृत्वले आफ्नो तेस्रो कार्यकालमा मात्रै हिमाली परियोजना मार्फत १२ करोड भन्दा वढि रकम दोलखामा ल्याई ९७ उद्योगी व्यवसायीहरुलाई प्रत्येक्ष लाभान्वित गराएको थियो ।
 
दोलखा उद्योग वाणिज्य संघको अघिल्लो निर्वाचनमा रामेश्वर प्यानलको एक सदस्यको उमेद्वारी वदर भएको कारण विपक्षि प्यानलवाट सदस्य पदमा निर्वाचित भएका ब्यवसायी कार्की क्षेत्रीय होटल संघ दोलखाको अध्यक्ष हुँदै अहिले उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उमेद्वारी दिन सफल भएका हुन् । कार्कीले छोटो समयमा प्रगती गरेपनि अध्यक्षको उमेद्वारी भने दिने वेला भैनसकेको कतिपय व्यवसायीहरुको मुल्याङ्कन छ । 
 
यद्यपी एमालेको समर्थनमा दोलखा उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गर्ने सक्षम नेतृत्व हुँदाहुँदै पनि एमालेले जुनियर व्यवसायीलाई अगाडी सार्न वाध्य भएको एमाले स्रोतले जनाएको छ । दोलखा उद्योग वाणिज्य संघमा एमालेको तर्फवाट  प्रतिनिधित्व गर्नसक्ने अव्वल दर्जाका व्यवसायी थुप्रै भएपनि पराजय हुने सुनिश्चित भएको कारण उसले ठुला व्यवसायीलाई रोकी कार्कीलाई परिक्षणको रुपमा अगाडी सारेको मानन्धर समुहका एक व्यवसायीले आरोप लगाएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ