arrow

नेपाल ओमानसंग हारको बदला लिन मैदानमा 

टस हारेर नेपाल ब्याटिङमा, कमलसिंह ऐरीको डेब्यु

logo
प्रकाशित २०७६ माघ २६ आइतबार
nepal-odi-cricket-team.jpg

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भइरहेको त्रिकोणात्मक एक दिवसीय क्रिकेट सिरिजमा आइतबार नेपालले ओमानसंग खेलिरहेको छ । 

श्रृंखलाको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपाल यो खेलमा हारको बदला लिन मैदानमा उत्रिएको छ । 

टियूको मैदान कीर्तिपुरमा सुरु भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । 

यसअघिका दुवै खेलमा नेपालले टस हार्दा वा जित्दा दुवै पटक ब्याटिङ नै गरेको थियो । 

पहिलो खेल हारे पनि दोस्रो खेलमा शनिबार नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

शनिबारको खेलमा कुशल मल्लले डेब्यु नै कीर्तिमान रचेका थिए । रोहितकुमार पौडेलको स्थानमा ब्याटिङ गरेका उनी रोहितकै कान्छो अर्धसतक बनाउने खेलाडीको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका थिए । 

शीर्ष स्थानका टिमलाई हराउन सक्ने हो भने शीर्ष ३ मा रहेर विश्वकप छनोट खेल्न पाउने नेपालको सम्भावना रहने छ । अमेरिका र ओमान ७ टिम सहभागी प्रतियोगिताको शीर्ष स्थानमा छन् । 

यो खेल जित्दा नेपालले ओमानसंगको लगातार ६ हारको बदलासमेत लिनेछ । 

अविनाश बोहरा बाहिरिँदा कमलसिंह ऐरीले एक दिवसीयमा डेब्यु गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ