arrow

कोरोनाले सार्सलाई पनि उछिन्यो 

मृत्यु हुने ८०४, संक्रमित ३५ हजार

logo
प्रकाशित २०७६ माघ २६ आइतबार
corona-virus-infected.jpg

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले सन् २००३ मा देखिएको सार्स भाइरसलाई पनि उछिनेको छ । 

सार्सले त्यतिबेला ७ सय ७४ जनाको ज्यान लिएको थियो । दुई दर्जन भन्दा बढी देशमा सार्स फैलिएको थियो ।

यसपटकको कोरोना भाइरसले आइतबार बिहानसम्म ८ सय ४ जनाको ज्यान लिइसकेको छ । कोरोना भाइरसको संक्रमण ३५ हजार जनामा देखिएको छ । 

विश्व स्वास्थ्य संगठन डब्लु एच ओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । 

कोरोनाले चीनमा ८ सय २ जनाको तथा हङकङ र फिलिपिन्समा १–१ जनाको ज्यान लिएको हो । 

नेपालमा १ जना संक्रमित भएका छन् । चीनको वुहानबाट फैलिएको उक्त संक्रमणबाट बच्न त्यहाँ रहेका नेपालीले नेपाल फर्कन चाहे पनि सरकारले अझै ल्याउन सकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ