ज्ञानेन्द्र र सुवासबीच उत्कृष्ट साझेदारी, नेपाल ब्याटिङमा, कमलसिंह ऐरीको डेब्यु

पारस खड्काको आक्रामक सुरुआत

प्रकाशित मिति : २०७६ माघ २६ आइतबार

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भइरहेको त्रिकोणात्मक एक दिवसीय क्रिकेट सिरिजमा आइतबार नेपालले ओमानसंग खेलिरहेको छ । 

श्रृंखलाको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपाल यो खेलमा हारको बदला लिन मैदानमा उत्रिएको छ । 

टियूको मैदान कीर्तिपुरमा सुरु भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । 

यसअघिका दुवै खेलमा नेपालले टस हार्दा वा जित्दा दुवै पटक ब्याटिङ नै गरेको थियो । 

पहिलो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलबीच उत्कृष्ट सुरुआत भएको छ । ४८ विकेटको साझेदारी भएको छ । 

उक्त क्रममा खकुरेल ४२ बलमा २२ रन बनाएर आउट भएका छन् ।

१५ औं ओभरमा आउट भएका खकुरेललाई एलबीडब्ल्यु गरिएको हो । 

मल्ललाई पारस खड्काले साथ दिइरहेका छन् । पारस खड्काले सुरुआतदेखि नै आक्रामक खेलेका छन् । 

पहिलो खेल हारे पनि दोस्रो खेलमा शनिबार नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

शनिबारको खेलमा कुशल मल्लले डेब्यु नै कीर्तिमान रचेका थिए । रोहितकुमार पौडेलको स्थानमा ब्याटिङ गरेका उनी रोहितकै कान्छो अर्धसतक बनाउने खेलाडीको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका थिए । 

शीर्ष स्थानका टिमलाई हराउन सक्ने हो भने शीर्ष ३ मा रहेर विश्वकप छनोट खेल्न पाउने नेपालको सम्भावना रहने छ । अमेरिका र ओमान ७ टिम सहभागी प्रतियोगिताको शीर्ष स्थानमा छन् । 

यो खेल जित्दा नेपालले ओमानसंगको लगातार ६ हारको बदलासमेत लिनेछ । 

अविनाश बोहरा बाहिरिँदा कमलसिंह ऐरीले एक दिवसीयमा डेब्यु गरेका छन् । 

नयाँ