arrow

फेसबुकमा लाइभ गर्दै मार्यो सन्की सैनिकले २७ जना, आफू पनि मर्यो 

गोली हान्दाहान्दै औंला दुखेको बतायो फेसबुकमा

logo
प्रकाशित २०७६ माघ २६ आइतबार
thai_1581217673.jpg

काठमाडौं । थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा एक सन्की सैनिकले गोली चलाउँदा २७ जनाको ज्यान गएको छ । 

सपिङ सेन्टरमा छिरेर उक्त सन्की सैनिकले फेसबुकमा लाइभ गर्दै सर्वसाधारण मारेको हो । 

मलमा छिरेर उसले मानिसहरुलाई बन्धकसमेत बनाएर मारेको थियो । 

घटनामा दर्जनौं घाइते भएको बताइएको छ । घटना सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको हो ।

थाइ रक्षा मन्त्रालयलाई उधृत गर्दै बीबीसीले लेखे अनुसार आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त्रणमा लिनुअघि त्यो सन्की सैनिकले आफ्ना कमान्डिङ अफिसरलाई गोली हानेको थियो ।

त्यसलगत्तै सपिङ सेन्टरमा पनि उनले जथाभावी गोली प्रहार गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । 

गोली हान्ने सैनिकलाई सुरक्षा फोर्सले १७ घण्टासम्मको मुठभेडमा मारेको छ । 

फेसबुक लाइभ गर्दै उसले गोली हान्दा हान्दा औंला दुखेको बताएको थियो । 

उसले कोही पनि मृत्युबाट बच्न नसक्ने बताएको थियो । 

स्वास्थ्य मन्त्रीले जानकारी दिए अनुसार ३१ जना घाइते भएका छन् । ती मध्ये १० जना गम्भीर छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ