- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। आईसीसी विश्व क्रिकेट लिगमा नेपालले ओमानका सामु २५० रनको बिजय लकष्य पेश गरेको छ। निर्धारित ५० ओभरको खेलमा ८ विकेट गामउँदै नेपालले २ सय ४९ रन बनाएको हो।
नेपालका लगि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रन बनाएका थिए। ७६ बल खेल्दै ज्ञानेन्द्रले ७ चौका र १ छक्का प्रहार गरेका थिए। त।यसैगरि पारस खड्काले ३८ रन बनाए भने बिनोद भण्डारीले ३५ रनको योगदान दिएका थिए।
नेपाली ब्याटिङ तर्फ कुशल मल्ल र आरिफ शेखले २८-२८ रन बनाए भने सुवास खकुरेलले २२ रनको योगदान दिएका थिए।
ओमानका लागि अकिब ईल्यासले ४ र मोहम्मद नदिमले ३ विकेट लिएका थिए। पहिलो खेलमा ओमानले नेपाललाई १७ रनले पराजित गरेको थियो।
आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।
लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।