arrow

इक्वेडरमा भूकम्पमा परि मृत्यु हुनेको संंख्या २७० पुग्यो

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
ecuador.jpg.jpeg
मान्टा  । ल्याटिन अमेरिकी देश इक्वेडरको तटिय क्षेत्रमा गत शनिबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २७० भन्दा बढी भएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी कम्ती दुई हजार पाँच सय व्यक्ति घाइते भएका छन् । 
 
भवन भग्नावशेषमा कैयौ व्यक्ति पुरिएर रहेको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ । राजधानी क्विटोबाट १ सय ६० किलोमिटर टाढा रहेको म्युसिनी सहरलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पको जमिनसतहबाट १९ किलोमिटर गहिराईमा रहेको थियो 
 
यस भूकम्पबाट तटीय सहरका भवन, पसल र होटेलहरु गरी करिब २ लाख वटा ध्वस्त तथा क्षतिग्रस्त भएको बताइएको छ । भूकम्पपछि इक्वेडर सरकारले राष्ट्रव्यापी रुपमा सङ्कटकाल घोषणा गरेको छ । ज्वालामुखी विस्फोट र भूकम्पीय सम्भावना अधिक रहेको इक्वेडरमा शक्तिशाली भूकम्पपछि ठाउँठाउँबाट सुनामी छाल उठ्ने सम्भावना रहेको समेत बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ