arrow

दिल्लीको वायु प्रदुषणस्तर ‘अत्यन्त कमजोर’

logo
एएनआई,
प्रकाशित २०७६ माघ २६ आइतबार
delhi-pollution.jpg

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदूषण स्तर ‘अत्यन्त कमजोर’ बन्दै गइरहेको वायु गुणस्तर र मौसम पूर्वानुमान तथा अनुसन्धान केन्द्रले आइतबार बताएको छ। दिल्लीमा वायु गुणस्तर सूचकाङ्क उक्त क्षेत्रको औसत ३०१ अङ्कमा पुगेको देखिएको छ।

त्यस्तै दिल्लीसँगै जोडिएको उत्तर प्रदेशको नोएडाको आसपासमा वायुको प्रदुषण दिल्लीको भन्दा अझ बढी रहेको केन्द्रले जनाएको छ। नोएडामा वायुको गुणस्तर सूचकाङ्क ३१९ पुगेको जनाइएको छ।

केन्द्रका अनुसार वायुको गुणस्तर शुन्यदेखि ५१ अङ्कसम्म भएमा राम्रो, ५१–१०० सम्म सन्तोषजनक, १०१–२०० सम्म मध्यम र २०१–३०० सम्मलाई कमजोर मानिन्छ। त्यस्तै ३०१–४०० सम्म अत्यन्त कमजोर ४०१–५०० अङ्कलाई चिन्ताजनक वा खतराजन्य मानिने केन्द्रले बताएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले हावाको गुणस्तर फेब्रुअरी १० मा यस बर्षको सबैभन्दा उच्च विन्दुमा पुग्ने र त्यसपछि क्रमशः यसमा सुधार आउने बताएको छ।

प्रदुषणको प्रमुख स्रोत, पीएम २.५ र पीएम १०, क्रमशः २०३ र २१४ पुगेको छ। यी दुबै विन्दु ‘कमजोर’ गुणस्तरलाई जनाउँछ। लोधी सडक खण्डमा वायुको गुणस्तर नयाँ दिल्ली क्षेत्रमा सबैभन्दा कमजोर अवस्थामा रहेको वायु प्रदुषण सुचकाङ्क तथ्याङ्कले देखाएको छ।

दिल्लीको प्रसिद्ध बजार क्षेत्र चाँदनी चोकमा ‘निकै कमजोर’ ३३६ अङ्कमा पुगेको छ भने मथुरा रोडमा ३१५ अङ्कमा पुगेको वायु गुणस्तर र मौसम पूर्वानुमान तथा अनुसन्धान केन्द्रले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ