arrow

बलिउड स्टार जसको प्रेम भयो दुखद अन्त्य: बर्षौपछि पनि गर्दैनन् कुराकानी

logo
प्रकाशित २०७६ माघ २६ आइतबार
loves.jpg

काठमाडौं । १४ फेब्रुवरीमा प्रणय दिवस मनाइनेछ। बलिउडको केही यस्‍ता अधूरो प्रेम कथाहरू पनि छन् जसबारे अझै पनि कुरा भइरहन्छ ।  दुःखको कुरा चर्चा हुने यी जोडीहरूको सम्बन्ध खराब मोडमा समाप्त भयो। यहाँ उल्लेख भएका मध्ये एक जोडी बाहेक अन्यले संबन्ध सकिएपछि कुराकानी गरेका छैनन् ।

अमिताभ बच्चन-रेखा
यस सूचीको पहिलो नाम अमिताभ बच्चन र रेखाको छ । ती दुबैको कथाहरू आज पनि सुन्न सकिन्छ। फिल्म 'दो अन्जाने' को शूटिंगको क्रममा ती दुईबीच घनिष्ट सम्बन्ध रहेको थियो। १९८१ मा यश चोपडाले अमिताभ र रेखाको सम्बन्धलाई लिएर फिल्म 'सिलसिला' बनाएका थिए। अमिताभकी श्रीमती जयाले पनि यस फिल्ममा महत्वपूर्ण भूमिका खेलेकी थिइन्। अमिताभ-रेखा अन्तिम पटक यस फिल्ममासँगै देखिएका थिए। त्यसबेलादेखि यी स्टारहरु कहिले पनि अनस्क्रिन र अफस्क्रिनमासँगै देखिएनन्।

अक्षय कुमार र शिल्पा शेट्टी
एक समय अक्षय कुमार र शिल्पा शेट्टीको प्रेम  ब प्यार पारवानमा थियो। त्यो समयमा अक्षय र  शिल्पा चाँडै बिहे हुने समाचारहरु बाहिरिएका थिए । तर अक्षय आफ्नी श्रीमतीले फिल्ममा काम नगरोस भन्ने चाहन्थे  भने शिल्पा आफूलाई सफल अभिनेत्रीको रूपमा हेर्न चाहन्थिन्। यस्तो अवस्थामा शिल्पा र अक्षयबीचको सम्बन्ध टुट्यो। त्यसपछि अक्षयले ट्विंकलसँग विवाह गरे भने ।  शिल्पाको विवाह राज कुन्द्रासँग भयो ।

सलमान खान र ऐश्वर्या राय
९० को दशकमा बलिउड दबंग सलमान खान र ऐश्वर्या रायको प्रेम थियो । तर यो प्रेम पूरा हुन सकेन। भनिन्छ ऐश्वर्याको जीवनमा सलमान खानको अत्यधिक स्वामित्वपूर्ण व्यवहार र बढी हस्तक्षेपले उनीहरूको सम्बन्ध बिगार्‍यो। सलमान खान प्रायः ऐश्वर्याको फिल्मको सुटिङसम्म पुग्थे । यस्तो अवस्थामा ऐश्वर्याको सम्बन्ध टुट्यो र पछि अभिषेक बच्चनसँग बिहे भयो। यद्यपि सलमान खान अझै अविवाहित छन्।

करिश्मा कपूर र अभिषेक बच्चन
बलिउडका दुई ठूला परिवारहरू, कपूर र बच्चन सम्‍बन्धमा बाधिन गइरहेका थिए। सम्पूर्ण उद्योग अभिषेक बच्चन र करिश्मा कपूरको विवाहको बारेमा खुशी थिए। तर अचानक एकाएक यस्तो खबर आउन थाल्यो कि दुई र दुबैबीचको सम्बन्ध बिग्रिएको छ। यद्यपि यसको कारण कहिल्यै खुलाइएको छैन। पछि करिश्माले संजय कपूरसँग बिहे गरिन्। अभिषेकले ऐश्वर्या रायसँग विवाह गरे।

रणबीर कपूर र दीपिका पादुकोण
रणबीर कपूर र दीपिका पादुकोण बलिउडको सबैभन्दा चर्चित जोडीहरुमा गनिन्थे। दीपिकाले आरके (रणबीर कपूर) नामको ट्याटू पनि बनाएकी थिइन्। तर यो सम्बन्ध पनि विवाह नभइ ब्रेकअपमा परिणत भयो । दीपिकाको विवाह रणवीर सिंहसँग भयो, भने रणबीरको नाम हाल आलिया भट्टसँग जोडिएको छ । यद्यपि, अहिले रणबीर र दीपिकाबीच राम्रो सद्भाव छ ।

करीना कपूर र शाहिद कपूर
सन् २००४ मा  शाहिद कपूर र करीना कपूर पहिलो पटक फिदा फिल्ममा सँगै देखिए। यस पछि, दुई बीचको मित्रता भयो र बिस्तारै मित्रता प्रेममा परिणत भयो। सबैलाई दुबैको जोडी मनपराए । दुई जनालेसँगै धेरै फिल्महरूमा पनि अभिनय गरे ।२००७ मा फिल्म जब वी मेटको शूटिंगको क्रममा  दुईबीचको बिचको सम्बन्धमा दरार आउन थाल्यो र बिस्तारै यो प्रेम कथाको पनि अन्त्य भयो। यद्यपि यसको कारण कहिल्यै पनि खुलाइएन । करीनाले सैफ अली खानसँग विवाह गरिन् भने शाहिदले मीरा राजपूतसँग जोडिए ।

रेखाको सिउँदोमा सिन्दूर र अमिताभ

भारतीय अभिनेता अमिताभ बच्चन सन् १९७३ मा जया बच्चनसँग विवाह बन्धनम बाँधिएका थिए । त्यसबेलादेखि यो जोडीले आफ्नो साथ निभाउँदै आएको छ । यो परिवारको विषयमा खासै धेरै कुरा बाहिर आउँदैनन् । तर, एकपटक यो जोडीको सम्बन्धबारे केही कुरा बाहिर आएका थिए ।

कुनै समय अमिताभको निकै नजिकको व्यक्ति मानिएका अमर सिंहले बच्चन परिवारको विषयमा निकै महत्वपूर्ण खुलासा गरेका थिए । अमर सिंहका अनुसार अमिताभ बच्चन र जया बच्चनको सम्बन्ध बिग्रिएको थियो र उनीहरु सँगै बस्दैनथे । उनले ऐश्वर्या र जयाको सम्बन्ध पनि ठीकसँग नचलेको बताएका थिए ।
 
यति धेरै आरोपको बीचमा पनि अमिताभ र जयाले खुलेर केही कुरा भने बताएका थिएनन् । फिल्म जंजीरपछि अमिताभ र जयाको प्रेम कहानी शुरु भएको थियो । अमिताभ विवाहअघि केही समय बिताउन चाहन्थे तर पिताको आज्ञालाई मान्दै उनले जयासँग छिटै नै विवाह गरेका थिए ।

अमिताभले सन् १९७६ मा रेखासँग ‘दो अनजाने’ फिल्मको शुटिङ शुरु गरेका थिए । यो क्रममा रेखा र अमिताभ एक साथीको घरमा सधैं भेट्ने गर्थे । ऋषि कपूर र नीतू सिंहको विवाहमा रेखा सिउँदोमा सिन्दूर लगाएर पुगेको घटनाले यसलाई थप मलजल गरेको थियो ।

यसैबीच जयाले पनि एक अन्तर्वार्तामा अमिताभले आफूसँग विवाह गरेको र आफूसँग लुकाएर उनले अर्को सम्बन्ध राखेको खण्डमा त्यो उनको समस्या हुने र यसको परिणाम पनि उनले भोग्नुपर्ने बताएकी थिइन् ।

रेखाले पनि जयालाई उत्तर दिँदै जयालाई उनका पतिलाई यसबारे समस्या नहुन्जेल कुनै समस्या नहुनुपर्ने जवाफ फर्काएकी थिइन् । यो विवादपछि अमिताभले रेखासँग काम गर्न छाडेका थिए ।

विवाहसम्म पुगेपछि यसरी बढ्यो सलमान ऐश्वर्याको दूरी

यो कहानीमा प्रेम, रोमान्स, पागलपन, झगडा, मारपीट, परिवार र ब्रेकअपसम्म अटाएका छन् ।  लामो समयसम्म उनीहरुको लभस्टोरीले सञ्चारमाध्यममा राम्रो चर्चा पाएको थियो । अहिले पनि बेलाबेलामा उनीहरुको लभस्टोरीको प्रसंग आउने गरेको छ । यहाँ उनीहरुको लभस्टोरीको केही रोचक कुराहरु उल्लेख गरिएको छ ।
 
सन् १९९७ मा उनीहरुबीचको सम्बन्ध शुरु भएको थियो । त्यतिबेला सलमान बलिउडका सुपरस्टार बनिसकेका थिए । ऐश्वर्या भने बलिउडमा आफ्नो करियर बनाउन संघर्ष गरिरहेकी थिइन् । त्यतिबेला सलमान खान पाकिस्तानकी सोमी अलीसँग प्रेम सम्बन्धमा थिए । ऐश्वर्याले विश्व सुन्दरीको अवार्ड जितेपछि सलमानलाई उनी निकै मन परेको थियो । जसको कारण उनले सोमीलाई ब्रेकअप दिएका थिए । उनले ऐश्वर्यालाई फिल्म दिलाउन पनि धेरै सहयोग गरेका थिए ।

संजय लीला भंसालीले सलमानको आग्रहमा ‘हम दिल दे चुके सनम’मा ऐश्वर्यालाई अभिनयको अवसर दिएका थिए । यो फिल्मको शुटिङको क्रममा उनीहरुको बीचमा प्रेम सम्बन्ध स्थापित भएको थियो । त्यसपछि ऐश्वर्या सलमानलाई भेट्न उनको घर जान थालेकी थिइन् ।  ऐश्वर्या रायका माता–पितालाई भने सलमान खानसँग उनले भेट्ने गरेको कुरा मन परेको थिएन ।

एक किताबमा उल्लेख गरिए अनुसार ऐश्वर्याले सलमानसँगको सम्बन्ध छाड्न परिवारले गरेको आग्रह मानेकी थिइनन् र उनी आफ्नो माता–पिताको घर छाडेर मुम्बईको एक अपार्टमेन्टमा बस्न थालेकी थिइन् ।  

उनीहरुको प्रेमसम्बन्धमा दरार आउनुमा एकपटक सलमान खान आधा रातमा ऐश्वर्याको घर गएर ढोकामा हान्न थालेका थिए । त्यतिबेला उनको हातबाट रगत पनि आएको गियो । तर, ऐश्वर्याले भने बिहान ६ बजे मात्र ढोका खोलेकी थिइन् । त्यसपछि पनि उनीहरुको बीचमा धेरै विवाद तथा झगडा भए । ऐश्वर्याले सलमानलाई गाली गरेको र मारपीट गरेकोजस्ता धेरै आरोप लगाइन् र उनीहरुको लभस्टोरीको दुःखद् अन्त्य भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ