arrow

पारसले भने, ‘अब राम्रो गर्न नेदरल्याण्ड्ससंग खेल्नु अघि क्यान लफडा टुंगिनु पर्‍याे’

शतक भन्दा जितमा खुसी छु : पारस, म अन्तिम समय सम्मपनि आँत्तिएको थिएन : म्याच ‘मेकर’ शरद

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
nepal-cricket-team.jpg

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यो जितले निकै खुसी भएको बताएका छन् । नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेल जितेपछि आयोजित पत्रकार सम्मेलनमा पारसले आफुले बनाएको शतक भन्दा पनि जित पहिलो कुरा हो–भने । सजिलै जित्न सकिने खेल किन यस्तो भो ? भन्ने संचारकर्मीको प्रश्नमा कप्तान पारसले भने, ‘खेलमा यस्तै हो ।’ उनले २ सय ४० रनको चुनौलाई सजिलै जित्छौं भन्ने आँकलन गरेपनि त्यसो हुन नसकेको बताए ।

उनले भने, ‘विश्वकप प्रफमेन्सका आधारमा हामीलाई विश्वास थियो, हामी यो चुनौलीलाई सजिलै पार गर्न सक्छौं, अन्तिममा केही प्रेसर रहयो ।’ शतकबारेको जिज्ञासामा पारसले शतक भन्दा पनि जितमा खुसी छु –भने । पारसले विकेटले सबैभन्दा राम्रो साथ दिएको बताएका छन् । यस्तै, शरदको म्याच ‘मेकिङ’को पनि उनले प्रशंसा गरेका छन् । 

नेदरल्याण्ड्ससंगको खेलका लागि के गरिन्छ ? 
पारसले गम्भीर हुँदै भने, ‘नामिवियासंगको खेल घरेलु मैदानमा भयो, तर नेदरल्याण्ड्ससंगको खेल उसैको मैदानमा खेल्नु पर्ने छ, नेदरल्याण्ड्स बलियो टोली हो, सामान्य अभ्यासले पुग्दैन ।’ नेदरल्याण्ड्ससंगको खेलका लागि पहिले क्यानको विवाद सुल्झिनु पर्छ, पारसले थपे, ‘त्यसपछिमात्रै हामी राम्रो अभ्यास गर्न सक्छौं, व्यवस्थापनको कुनै कमि हुन दिनु भएन ।’ त्यसपछि जुनसुकै डिभिजनको कुरा गरेपनि हुन्छ । पारसले आफ्नो करियरमा घरेलु मैदानमै शानदार शतक बनाउँदै कीर्तिमान रचेका छन् । 

म अन्तिम समय सम्मपनि आँत्तिएको थिएन  : म्याच ‘मेकर’ शरद
नामिवियासंगका दुबै खेललाई सिंगारेका मध्यक्रमका व्याट्सम्यान सरद भेषावकरले आफु अन्तिम समयसम्म पनि विलकुलै नआँत्तिएको बताएका छन् । उनले भने, ‘म विश्वस्त थिए, खेल हामी नै जित्छौं, पारससंगको साझेदारी हाम्रो जितको महत्वपूर्ण हिस्सा थियो ।’ शरदले पासर आउट भएपछि खेलमा प्रेसर परेको स्वीकारे । यद्यपि, आफु विना प्रेसर खेलेको उनले प्रस्ट्याएका छन् । शरदले अघिल्लो खेलमा समेत खेल सम्हालेका थिए । उनी दुबै खेलमा अविजित रहे । 

हारको कारण मध्यक्रमको व्याटिङ नचल्नु नै हो  : कप्तान बार्ड
पाहुना टोली नामिवियाका कप्तान स्टेफन बार्डले आफुहरुले सुरुवातमा राम्रो गरेपनि मध्यक्रमका व्याट्सम्यान नचल्दा हार व्यहोर्नु परेको सुनाए । उनले भने, ‘सुरुवात राम्रो थियो, मध्यक्रममा व्याटिङ राम्रो भएन, जसकारण अझै उच्च स्कोर बनाउने अबसर गुम्यो ।’ रन बनाउन नसक्नु नै हारको कारण हो ।  

मेहनतले नै खेल जितिन्छ, हामी राम्रो क्रिकेटमा विश्वास गर्दछौं : प्रशिक्षक टमाटा 
नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले यसअघि झैँ मेहनतले नै जितेको बताए । उनले भने, ‘कीर्तिपुरको पीचमा व्याटिङ निकै अफ्ठ्यारो छ, चुनौती र विकेटको अवस्थालाई हेर्ने हो भने निकै मेहनत भएको छ ।’ अन्तिममा प्रेसर रहयो तर, शरदले प्रेसर मोले महत्वपूर्ण पाटो त्यही हो । आगामी खेलमा नेपालले अझ राम्रो गर्ने विश्वास गर्दै प्रशिक्षक टमाटाले हामी राम्रो क्रिकेट खेल्नेमा विश्वस्थ छौं–भने ।

उनले नेपाली टोलीले अघिल्लो चरणको ढोका खोलिसकेको बताए । नामिवियासंगको खेलकै लागि पूर्व प्रशिक्षक पुवुदु दासानायके समेत परामर्शदाता प्रशिक्षकका रुपमा नेपाल आए । पुवुदुको नेपाली क्रिकेट टोलीप्रतिको लगावलाई धेरैले अर्थपूर्ण भनेका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले प्रत्यक्ष निगरानीमा खेल खेलाएको हो ।

नेपा क्रिकेटसंघ क्यानको कार्यसमिति विवाद र खेल सुरक्षाका कारण खेल अन्तै सार्ने तयारी भइरहेकै बेला राष्ट्रिय खेलकुल परिषद्ले खेलका लागि पूर्वाधार तयार गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । क्यान विवाद भने कायमै छ । नेपाली क्रिकेटको आगामी भविश्यका लागि सर्वोच्चमा विचारधिन मुद्दाको चाँडो किनारा लाग्नु पर्ने र क्यानमा एक निर्वाचित कार्यसमितिको आवश्यकता छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ