कोरोनाले अहिलेसम्म ९१० को मृत्यु, चार दिनसम्म क्रुजमा फसेका तीन हजार छ सय मानिस परीक्षणपछि बाहिर
प्रकाशित २०७६ माघ २७ सोमबार
621
Shares
काठमाडौं । कोरोना भाइरसले विश्वलाई कसरी मुठ्ठीमा पारिरहेको छ भन्ने उदाहरण दिन टाढा जानै पर्दैन । चीनबाट फैलिएको कोरोना भाइरसका कारण आफ्नो देशमा फर्किनसमेत नागरिकले सजिलै पाएको छैन ।
नेपालीहरु अझै नेपाल फर्किन पाएका छैनन् । सरकारले केही दिन अझै लाग्छ भनिरहको छ ।
तर हङकङमा चार दिनसम्म क्रुजमा फसेका हजारौं मानिसहरूलाई भने कोरोना भाइरसको परीक्षणपछि त्यहाँबाट बाहिर निस्कन अनुमति दिइएको छ।
केही कर्मचारीहरुबाट उक्त भाइरस पानीजहाजमा फैलिएको हुनसक्ने आशङ्कामा वर्ल्ड ड्रीम क्रुजका करिब तीन हजार ६ सय यात्रु र चालक दलका सदस्यलाई निगरानीमा राखिएको थियो।
जापानमा अर्को पानीजहाजमा कोरोना भाइरसबाट सङ्क्रमित दर्जनौं भएको पुष्टि भएपछि त्यसलाई निगरानीमा राखिएको बीबीसीले लेखेको छ ।
आफूहरुले उन्मुक्ति पाउने भएपछि क्रुजमा भएका यात्रुहरुले खुशी व्यक्त गरेका छन् ।
विश्वका २६ देशमा फैलिएको कोरोना भाइरसले अहिलेसम्म ९ सय १० जनाको ज्यान लिइसकेको छ । ४० हजार भन्दा बढी संक्रमित छन् ।