arrow

कोरोना संदिग्धमाथि चीनको बर्बरता, खोइ मानवअधिकार ? 

logo
प्रकाशित २०७६ माघ २७ सोमबार
corona-police-doctor-attack.jpg

काठमाडौं । उसो त कम्युनिष्ट शासन भएको देशमा मानवअधिकार कुनै कुनामा लगेर थन्क्याइने आरोप लाग्दै आएको छ ।

त्यसमाथि कोरोना भाइरस फैलिएको चीनमा अहिले त्यसको पराकाष्ठा देख्न पाइएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिलेसम्म ९१० जनाको ज्यान गइसकेको छ भने ४० हजार भन्दा बढी संक्रमित छन् । 

यो संख्या अझै बढी भएको दावी दुई साताअघि नै हङकङले गरेको थियो । 

कोरोनाका मामलामा चीन निकै निर्दयी भइरहेका खवर सार्वजनिक भइरहेका छन् । चीनले संदिग्ध कोरोना संक्रमितका लागि निकै बर्बर रुप देखाइरहेको छ । 

संदिग्धलाई कारोना भाइरस परीक्षण गर्ने क्रममा दौडाइ दौडाइ पक्रने गरिएको छ । कसैमाथि बर्बर तरिकाले पिटेर मारेका भिडियो पनि सार्वजनिक भएका छन् । 

उनीहरुलाई घरघरमा पुगेर घिसारेर बाहिर निकालिएको छ । चीनको वुहानस्थित चाङक्विन गार्डेनको एक भिडियोमा त चिकित्साकर्मीले एक संदिग्धलाई झुण्ड्याएर लिएर गएका छन् । 

मास्क नलगाउने चिनियाँलाई पुलिसले जबरजस्ती पक्रेर घिसारेर अस्पताल लगेका दृष्य पनि देखिएका छन् । 

पुलिसले एक महिलालाई दौडेर पकडेको र जवरजस्ती ज्यादति गरेको पनि देखाइएको छ । 

चिनियाँ मिडियाले यो जवरजस्तीलाई पुलिस र चिकित्सकले नागरिकविरुद्ध चलाएको युद्ध भएको पनि बताएका छन् । 

चिनियाँ सरकारले के आधारमा उनीहरुलाई जवरजस्ती अस्पताल लगिरहेको छ भन्ने प्रमाणसमेत दिन सकिरहेको छैन । यस्तो लाग्छ उनीहरुलाई कोरोनाको भन्दा बढी सरकारको त्रास छ । 

चीन सरकारले वुहानका सबै नागरिकको कोरोना भाइरस परीक्षण गर्न आदेश दिएको छ । केही मानिसहरु यसबाट बच्न खोजिरहेका छन् । 

त्यसैले उनीहरुले यसको विरोध समेत गरिरहेका छन् । उनीहरुको सरकारी निर्णयका विरुद्ध कुनै जोर जवरजस्ती चल्दैन । सी चिनफिङ सरकारले दिएको आदेश परमादेश हो ।   


यति धेरै वर्वरता हुँदासमेत विश्वका मानवअधिकारकर्मी संस्थाहरु बोल्न सकिरहेका छैनन् ।   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ