arrow

युएईमा दाङका एक युवक मृत फेला

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
death-body-new.jpg.jpeg
सारजहा । दाङ बाघमारे –५ सिमसुन्दरपुरका शैलेन्द्र ओलीको युएईको सारजहामा मृत्यु भएको छ । युएई स्थित भरत ओलीले दिएको जानकारी अनुसार आईतबार उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । उनी सारजहामा रहेको मुम्ताज पेन्ट कम्पनीमा अफिसियलको रुपमा काम गर्दै आएका थिए । भरतले दिएको जानकारी अनुसार कम्पनीका कामदारले गलबन्धीले पासो लगाएर आफू बस्ने कोठामा झुन्डिएर आत्महत्या गरेको बताए ।  
 
शव र उनको सम्पूर्ण सामान दुबै प्रहरीले छानविनको लागि लगिसकेको छ । पोष्टमार्टम र प्रहरी अनुसन्धान पछि मात्रै शव हेर्न पाइने त्यहाँको नियम रहेकाले अहिलेसम्म कुनै पनि नेपालीले शव हेर्न पाएका छैनन् । सो कम्पनीमा धेरै नेपालीले काम गर्ने भएपनि उनी उच्च दर्जाको कर्मचारी भएकाले उनलाई कम्पनीले आवासीय व्यवस्था गरेको थियो ।
 
मृतक ओलीले केही दिन अघिआफन्तलाई दिएको जानकारी अनुसार उनको कम्पनीका म्यानेजरसँग केहि दिन अगाडिदेखि झगडा भइरहेको थियो । म्यानेजलरले केही दिन अघिदेखि तनाव दिइरहेको ओलीले आफन्तलाई जानकारी दिएको परिवारले जनाएको छ । घरको एक मात्र छोरा रहेका उनी ढाई वर्ष पहिले दुवै गएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ