कान्तिपथमा एलजी सोरुम नयाँ स्वरुपमा,टिभीको खरिदमा २५ प्रतिशतसम्म छुट
प्रकाशित २०७६ माघ २७ सोमबार
788
Shares
काठमाडौ। नेपालका लागि सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको एलजी ब्राण्डको कान्तिपथ स्थित सोरुम आफ्ना ग्राहकमाझ नयाँ स्वरुपमा आएको छ। सोमबार आफ्नो ३.० भर्जन सहित सञ्चालनमा आएको उक्त सोरुममा एलजी ब्राण्डको टेलिभिजन,वासिङ्गमेशिन,एसी जस्ता सम्पुर्ण किसिमका सामानहरु खरिद गर्न सक्नेछन्। सोमबारबाट सञ्चालनमा आएको उक्त सोरुममा हरेक समानको खरिदमा ग्राहकले एक आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नेछन् भने एलजी ब्राण्डको टेलिभिजनको खरिदमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सोरुमकी इन्चार्ज रिना झाले बताइन्।
सर्भिसमा अब्बल
आफ्ना ग्राहकको समस्याका लागि एलजी २४सै घण्टा सर्भिसका लागि तयार रहेको छ। काठमाडौं उपत्यककालागि धोविघाट स्थित रहेको सर्भिसिङ्ग सेन्टरमार्फत छिटो छरितो सेवा प्रदान गर्दै आएको जनाउदै ईन्चार्ज रिनाले ग्राहकको समयको कदर गर्दै सिधै यस सोरुममै पनि टेक्निसियन् बोलाएर सेवा प्रदान गर्न सक्ने बताइन्।