मृत प्रियजन तथा पूर्खाले वंशजलाई किन सताउछन् ?

अध्यात्म विज्ञान, प्रकाशित मिति : २०७६ माघ २७ सोमबार

काठमाडौं । सामान्यतः यो प्रश्न अनौठो लाग्न सक्छ । तर धेरै पल्ट मानिसहरु आफ्ना मृत प्रियजनको बारेमा सोच्छन् । मृत प्रियजनहरुले उनीहरुको जीवनमा समस्या किन ल्याउँछन् यो अकल्पनीय हुन्छ सक्छ । पूर्वज आफ्नो वंशजलाई यातना दिनुमा दुई कारणहरु छन् । एक अतृप्त वासनाहरु अनि अर्को मृत्युपछिको जीवनमा प्रगति गरि उच्च लोक अथवा उपलोकमा जान नसक्नु हो ।

अतृप्त वासनाहरुका कारण हुने कष्ट
पूर्वजहरुको अतृप्त वासनाको कारण सन्तानहरुलाई कष्ट दिनछन् । वासना भित्र पूर्वजको इच्छानुसार उनको परम्परालाई पालन नगर्ने वंशज प्रति क्रोध, परिवार प्रति अझै पनि आसक्ति राख्ने पूर्वज, कुनै पनि कृत्य उनको इच्छानुसार हुन चाहन्छन् । चुरोट, लागू पदार्थ, कामुकता, खान-पीन आदि स्थूल वासनाहरुले पीडित पूर्वज । वंशज र उनी बिचमा शेष लेन-देनको लाभ उठाएर, आफ्नै वंशजलाई आवेशित गरि वासना तृप्त गर्दछन् । रगतको सम्बन्ध अधिक दृढ हुने कारण अन्य कसैको साथ लेन-देन सम्भावना भए पनि पूर्वज आफ्नो वंशजलाई कष्ट दिन्छन् ।

पूर्वजद्वारा सहायता माग्दा हुने कष्ट


जब कसैको मृत्यु हुन्छ, प्राणशक्ति ब्रह्माण्डमा मुक्त हुन्छ । स्थूल देह पृथ्वीमा रहन्छ, भने सूक्ष्म देह उनको अवगुण अथवा पाप कर्म तथा आध्यात्मिक स्तरानुसार सूक्ष्म लोकमा जान्छ । पृथ्वीको तुलनामा मृत्युपछिको जीवनमा सूक्ष्म देह केवल आध्यात्मिक स्तर अथवा आध्यात्मिक शुद्धिको मापदण्ड हुन्छ । स्थूल देह तथा धन, प्रतिष्ठा, व्यवसाय-नोकरी, सामजिक स्तर आदि विविध सांसारिक पक्षहरुका आध्यात्मिक विश्वमा अथवा सूक्ष्म विश्वमा कुनै महत्त्व हुँदैन ।
 

रेखाचित्रमा देखाए अनुसार पाप अनि तीव्र अहंको कारण सूक्ष्म देह भारी हुन जान्छ । परिणामस्वरूप, निम्न स्तर भुवर्लोक जस्तो लोकमा अड्किन्छ । यदि अवगुण अथवा पाप कर्म तीव्र छ, तब सूक्ष्म देह पातालमा जान्छ । अर्कोतर्फ राम्रो कर्मको (गुण) तथा तीव्र आध्यात्मिक साधनाको कारण सूक्ष्म देह हल्का हुन जान्छ । आध्यात्मिक स्तर जति अधिक, त्यति नै सूक्ष्म देह हल्का हुन्छ अनि ब्रह्मण्डको अधिकाधिक उच्च सूक्ष्म लोकमा जाने गति तीव्र हुँदै जान्छ ।

समष्टि आध्यात्मिक स्तरको अर्थ हो, समाजको हितको लागि आध्यात्मिक साधना (समष्टि साधना) गरेर प्राप्त भएको आध्यात्मिक स्तरस जब कि व्यष्टि आध्यात्मिक साधनाको अर्थ हो, व्यक्तिगत आध्यात्मिक साधना (व्यष्टि साधना) गरेर प्राप्त आध्यात्मिक स्तर । वर्तमान समयमा समाजको हितको लागि आध्यात्मिक साधना (प्रगति) गर्ने महत्त्व ७०% छ, भने व्यक्तिगत आध्यात्मिक साधनाको महत्त्व ३०% छ ।

आध्यात्मिक साधनाको कारण प्रगत साधकको सूक्ष्म देह भुवर्लोकलाई तुरुन्तै पार गरि स्वर्गलोक जस्तै उच्च सूक्ष्म लोकमा जान्छ । केवल ५०% समष्टि स्तर अथवा ६०% व्यष्टि स्तरभन्दा आगाडि भएको आध्यात्मिक स्तरको पूर्वज नै स्वर्गलोक जस्तो उच्च सूक्ष्म लोकमा जान्छन् अनि अनिष्ट शक्ति द्वारा (भूत, प्रेत, पिशाच ) बाट हुने आक्रमण हटाउनको लागि ईश्वरद्वारा आवश्यक मात्रामा सुरक्षा प्राप्त गर्नमा सफल हुन्छन् । विश्वको ५५ भन्दा पनि कम जनसंख्या यो समूहमा आउँछ ।

विश्वको जनसंख्या आध्यात्मिक स्तरानुसार वर्गीकरण निम्न प्रकार छ :

                 

स्रोत : SSRF ले गरेको आध्यात्मिक अनुसन्धानबाट
यसको अर्थ यो हो कि हाम्रो अधिकतर पूर्वज (९५% भन्दा पनि अधिक) स्वर्गलोक भन्दा तलको भुवर्लोकमा अथवा पातालको कुनै एउटा लोकमा जान्छन् । विश्वको अधिकतर जनसंख्याको आध्यात्मिक स्तर ३०% भन्दा कम छ । मृत्युपछि कम स्तरको सूक्ष्म लोकमा स्वयंलाई सहायता गर्नको लागि ज्यादै कम आध्यात्मिक बल हुन्छ । यहाँ सहायताको अर्थ हो, आध्यात्मिक दृष्टिले उच्च सूक्ष्म लोकमा जानको लागि आवश्यक सहायता ।

कम स्तरको सूक्ष्म लोकमा, उनलाई अवगुणको कारण यातना हुन्छ अनि बुझ्न सक्दैन कि आफूले आफूलाई सहायता कसरी गर्ने । विविध उद्देश्यको लागि नियन्त्रणमा लिएर शक्तिशालि अनिष्ट शक्ति उनी माथि आक्रमण गरि यातना दिन्छन् । उनी अधिक उच्च स्तरको लोकमा तथा उपलोकमा जानको लागि प्रयत्न गर्छ तर आध्यात्मिक सहायताको अभावमा त्यस्तो गर्न सक्दैनन् ।

३०% स्तरभन्दा अधिक आध्यात्मिक स्तरको सूक्ष्म देह, आध्यात्मिक साधना गरि आफ्नो सहायता गर्न सक्छ: तर आध्यात्मिक साधनाको मूलभूत ६ सिद्धान्तहरु अनुसार साधना गर्नको लागि तीव्र संस्कारको अभावमा यो पनि अधिकतर हुन सक्दैन । साधनाको अन्य मार्ग अप्रभावी भएको कारण ती मार्गबाट साधना गर्दा प्रत्यक्षमा पूर्वजको सूक्ष्म देहलाई कुनै प्रकारको आध्यात्मिक सहायता मिल्न सक्दैन ।

ब्रह्माण्डको निम्न स्तरको लोकमा पूर्वज द्वारा सही रहेको यातना उनी द्वारा प्रक्षेपित भएर कष्टप्रद कंपन र स्पन्दन को रूपमा भूलोक साथै विविध सूक्ष्म लोकहरुमा यात्रा गर्दछ । उनको परिवारको सदस्यहरु अथवा वंशजसँग स्पन्दन अत्यधिक समान कम्पन संख्या हुनुको कारण, ग्रहण गर्नको लागि उत्तम माध्यम हुन्छ ।

केवल भूलोकमा नै हामी आफ्नो मृत पूर्वजको लागि केही गर्न सक्छौं । विविध सूक्ष्म लोकमा रहने नातेदार एउटै डुङ्गाको यात्री भएको कारण उनलाई सहायता गर्न सक्दैन । वर्तमान समयमा अधिकतर वंशजको आध्यात्मिक स्तर अधिक नहुनुको कारण सूक्ष्मबाट हुने कष्टदायी स्पन्दको ज्ञान हुँदैन, त्यसैले पूर्वज आध्यात्मिक शक्तिको उपयोग गरि उनको वंशजका जीवनमा कष्ट निर्माण गर्दछ, जसकारण वंशज उनको आवश्यकता तर्फ ध्यान दिन थाल्छ ।

पूर्वजद्वारा कष्ट दिने यो दुष्कृत्य, उनको यातना वंशजसम्म पुराउने एउटा माध्यम हो । जब वंशजले बुझ्छ कि धेरै प्रयत्न गरे पनि समस्या समाधान हुदैन, तब उनी कहीले-कही आध्यात्मिक मार्गदर्शन लिन्छ । उचित मार्गदर्शन मिलेमा अनि त्यसलाई कृतिमा ल्याउनाले वंशजललाई उनको पूर्वजबाट आवश्यक सुरक्षा मिल्नुको साथै पूर्वजलाई पनि आध्यात्मिक विश्वमा उनको आगाडिको यात्राको लागि ऊर्जा प्राप्त हुन्छ ।

पूर्वजको स्वभाव (प्रकृति) अनि आध्यात्मिक स्तर अनुसार कष्टको तीव्रता निश्चित हुन्छ । असल पूर्वज वंशजलाई केवल उनको आवश्यकता भान गराउनेसम्म कष्ट दिन्छन् । अर्को तर्फ प्रतिशोध लिने वृत्तिले प्रेरित पूर्वज, कदाचित उनको वंशजलाई गम्भीर स्वरूपको कष्ट दिन्छन् ।

आफ्नो वासना पूर्ति गर्ने इच्छा राख्ने पूर्वज उसको वंशजलाई त्यही वासनाले पीडित गर्छ । उच्च सूक्ष्म लोकमा जाने इच्छा राख्ने पूर्वज साधना गर्ने वंशजलाई कष्ट दिन्छ ।

नयाँ