arrow

नकारात्मक विचारहरूलाई कसरी रोक्ने ?

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
negetive-sence.png

काठमाडौं । नकारात्मक विचारहरू स्वयं, अरू, या सामान्यतया संसारप्रति अनुभूति हो जुन नकारात्मक धारणा, अपेक्षाद्वारा वर्णित गरिन्छ तथा यो अप्रिय भावनाहरू र प्रतिकूल व्यवहार, शारीरिक तथा स्वास्थ्य सम्बन्धी परिणामहरूसँग जोडिएको हुन्छन् । 

नकारात्मक विचारहरूले मनलाई व्यापक रूपमा असर गर्दछ । मन स्वस्थ नभएसम्म जीवनमा खुसी हुँदैन । अर्को शब्दमा, नकारात्मक विचारले जीवनको खुसी छिनि दिन्छ । यसले मनलाई कमजोर बनाउँछ, र जीवनको आशाहरूलाई अन्त गर्दछ, यसको परिणामस्वरूप व्यक्तिको जीवन दुःखी र उद्देश्यहीन हुन्छ ।

लगातार नकारात्मक विचारहरूले हाम्रो मनमा प्राय: समस्यालाई ठुलो बनाइदिन्छ, फलस्वरूप हाम्रो खुसी र मानसिक शान्ति हरण हुन्छ । त्यस्ता चिन्तन प्रक्रियाहरू नकारात्मक विचारको लागि सजिलो साधन बन्न पुग्छ, जसले हामीलाई निराशा, मानसिक चिन्ता र हीन भावना (कम आत्मसम्मान हुने) तर्फ धकेली दिन्छ । जब त्यस्ता नकारात्मक विचारहरू धेरै आउँछन् र हामी सङ्घर्ष गरिरहँदा सोच्न थाल्छौँ कि इच्छा शक्ति बाहेक यिनीहरूलाई पार गर्न अरू कुनै प्रभावकारी तरीका छ कि छैन । अनेकै प्रेरणादायक वक्ताहरू र स्वयं सहायता मार्गदर्शकहरूले सकारात्मक सोचाई एउटा विकल्प हो भन्ने मान्दछन्, तर यो सायद नै सजिलो हुन्छ । नकारात्मक विचारको उपचार गर्ने, मनोचिकित्सकहरूले व्यक्तिमा स्वयमलाई परिवर्तन गर्ने क्षमतामा ध्यान (उनीहरूको विचारहरू, भावनाहरू र व्यवहारहरू) केन्द्रित गर्दछन्; तर यसले कुनै पनि व्यापक समस्याहरू जसले कसैको स्वास्थ्य एवं सुखमा महत्त्वपूर्ण प्रभाव पार्दछ, त्यसलाई सम्बोधन गर्दैन ।

सबै नकारात्मक विचारहरूले हामीमा गहिरो प्रभाव पार्दैन किनभने हामी त्यसमा खासै विश्वास राख्दैनौँ । तिनीहरू प्रकृतिमा क्षणिक हुन सक्छन्, अर्थात् क्षण भरको लागि हाम्रो चेतनाको प्रवाहमा आउँछन् र जान्छन् । तर केही अन्य प्रकारको नकारात्मक विचारहरूको सम्बन्धमा, हाम्रो मन हाम्रो व्यक्तित्व अनुसार विभिन्न कुराहरूलाई दोहोराइ रहने र नकारात्मक विचारको ढाँचामा जान्छन् । यसले प्रायः वास्तविकताप्रति गलत धारणा निम्त्याउँछ । संज्ञानात्मक व्यवहार चिकित्सकहरूले यसलाई यो भन्ने गर्छन्-स्वचालित नकारात्मक विचार (ANTs) । स्वचालित नकारात्मक विचारहरू (ANT) स्वयम प्रति नकारात्मक र अनियमित विचारहरू हुन् ।

डा. डेभिड बर्न्स, एउटा अग्रणी संज्ञानात्मक व्यवहारिक चिकित्सक हुन्, जसले नकारात्मक विचारहरूको केही सामान्य प्रतिरुपहरुलाई चिनेका छन्, जसलाई हामीले तल सूचीबद्ध गरेका छौँ (बर्न्स, १९९९)।

भावनात्मक तर्कहामी मान्दछौँ कि हाम्रो नकारात्मक मनोभावहरू या भावनाहरूले परिस्थितिको वास्तविकतालाई परिभाषित गर्दछन्, जब वास्तविकतामा भिन्न हुन सक्छ । मलाई लाग्दछ, त्यसैले यो सत्य हुनुपर्छ । वस्तुनिष्ठ नभई मलाई कस्तो लाग्छ त्यसको आधारमा निर्णय लिने बानी ।

क्रम संख्या नकारात्मक विचारको प्रकारहरु संक्षिप्त वर्णन
सबै थोक या केहि पनि होइन प्रवृतिको सोच हामी चीजहरूलाई राम्रो या नराम्रो श्रेणणीबाट लिन्छौं ।  यदि हाम्रो प्रदर्शन उत्तम भएन भन तब हामी आफैंलाई पूर्ण असफलताको रूपमा लिन्छौं ।
धेरै सामान्यीकरण गर्ने हामी एउटा नकारात्मक घटनालाई हारको कहिल्यै अन्त्य नहुने ढाँचाको रूपमा देख्छौं ।

         ३

स्व-अनुमान लगाउँने हामी एउटा नकारात्मक विवरण लिन्छौं र हामी यस घटनामा मात्रै धेरै सोचि रहन्छौं, जसले गर्दा हाम्रो वास्तविकता प्रतिको मनोवृत्ति अस्पष्ट हुन्छ, जस्तो की एक थोपा मसीले भाडामा राखेको सम्पूर्ण पानीको रङ्ग बिगारिदिन्छ ।
सकारात्मकतालाई अयोग्य ठान्ने कुनै एउटा या अन्य कारणले हामी सकारात्मक अनुभवहरू अस्वीकार गर्छौं । यो तरीकाले, हामी नकारात्मक विश्वास कायम गर्न सक्छौं जुन हाम्रो दैनिक अनुभवहरूको विपरीत हुन्छन् ।
निष्कर्षमा पुगी हाल्ने हामी एउटा नकारात्मक व्याख्या गर्छौं जबकि केहि निश्चित तथ्यहरु हुँदैन जसले हाम्रो निष्कर्षलाई समर्थन गर्दछ ।
मन पढ्ने हामी मनमनै निष्कर्षमा पुग्दछौं कि कसैले हामीप्रति नकारात्मक प्रतिक्रिया दिइरहेको छ, जब हामीसँग व्यक्तिको विचारहरूको बारेमा पर्याप्त प्रमाण हुँदैन । साथै, हामी यसलाई प्रमाणित गर्न पनि खोज्दैनौं ।
भाग्य बताउने गल्ती हामी अनुमान गर्छौं कि परिस्थितिहरू खराब हुँदै जान्छन्, र हामी विश्वस्त रहन्छौं कि हाम्रो भविष्यवाणी एउटा प्रमाणित तथ्य हो ।
स्थितिलाई बढाई दिने (भयावह रुपमा) अथवा न्यून गरेर देखाउँने जब हामी हाम्रो गल्तीहरु या त्रुटिहरू लिन्छौं र तिनीहरूलाई बढाईचढाई गर्छौं अथवा हाम्रो या अन्य व्यक्तिको शक्ति र सकारात्मक गुणहरूको खण्डन गर्दछौं ।
१० यस्तो नै हुनुपर्छ भन्ने कथन हामी ‘यस्तो हुनुपर्छ’ तथा ‘यस्तो हुनु हुँदैन’, ‘यस्तो हुनुनै पर्छ’ तथा ‘अवश्य हुनुपर्छ’, जस्ता कथनले स्वयमलाई प्रेरित गर्ने प्रयास गर्दछौं । भावनात्मक परिणाम दोषी बोध हुनु हो । जब हामी अन्यप्रति यस्तो हुनुपर्छ भनेर वाक्य निर्देशित गर्दछौं तब हामी क्रोध, निराशा तथा अपमान अनुभव गर्दछौं ।
११ छाप लगाउँनु (सधै यस्तै हो भनेर मान्ने) तथा गलत छाप लगाउँने यो अधिक सामान्यीकरणको एउटा चरम रूप हो । हाम्रो गल्ती वर्णन गर्नुको सट्टा, व्यक्ति स्वयममा नकारात्मक छाप लगाई दिन्छ – “म असफल व्यक्ति हुँ”। जब अरू कसैको व्यवहार हामीलाई राम्रो लाग्दैन तब हामी त्यस व्यक्ति माथि नकारात्मक छाप लगाउँछौं ।
१२ निजीकरण/वैयक्तिकरण

वैयक्तिकरणमा व्यक्ति अरुले जे सुकै भनोस् या गरोस् उप्रति कुनै प्रकारको प्रत्यक्ष, व्यक्तिगत प्रतिक्रिया हुन सक्छ भनेर मान्छ । सबै कुरालाई स्वयमसँग जोड्छ, जबकि वास्तवमा त्यसको अर्थ त्यस्तो हुँदैन ।

 

नकारात्मक विचारबाट पीडित व्यक्ति दुर्बल हुन सक्छ । यसले प्रायः व्यक्तिको वरपरका मान्छेहरूलाई पनि असर गर्दछ । नकारात्मक विचारका केही प्रभावहरू हामीले तल सूचीबद्ध गरेका छौँ :

यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई असर गर्दछ ।
यसले हाम्रो सम्बन्धलाई नराम्रो असर गर्दछ ।
नकारात्मक विचारले हाम्रो आत्माबल भङ्ग गर्दछ र सकारात्मक रूपमा बढ्नको लागि गरिने सङ्कल्प पनि रोकिदिन्छ
अत्यधिक नकारात्मक सोचाइले गम्भीर चिन्ता या चिकित्सकीय मानसिक चिन्ता, विद्रोह, र अत्यन्त गम्भीर अवस्थामा आफैलाई हानि पुर्‍याउने या अरूलाई हानी पुर्‍याउन सक्छ । डब्लुएचओ को तथ्याड़क अनुसार विश्वभरि ( ३०० करोड भन्दा बढी व्यक्ति मानसिक चिन्ताबाट प्रभावित छन् (डब्लुएचओ, २०१८) जबकि विश्वव्यापी रूपमा प्रत्येक वर्ष ८००,००० व्यक्तिहरु आत्महत्याबाट मर्छन् (४० सेकेन्डमा १ जनाको मृत्यु) (डब्लुएचओ, २०१९ )।
मानसिक रोगहरूले दीर्घकालीन रोगहरू बढाउनमा सीधा असर गर्दछ जस्तै हृदय रोग, मधुमेह, मोटोपना, दम, मिर्गी र क्यान्सर ।
यसले दैनिक कामकाजमा अवरोध खडा गर्न सक्छ र चरम अवस्थाहरूमा यसले व्यक्तिगत, सामाजिक र व्यावसायिक कमजोरीहरूमा वृद्धि गर्न सक्छ र असमय मृत्युसमेत पनि निम्त्याउन सक्छ ।


आध्यात्मिक अनुसन्धान को माध्यमबाट, हामीले पत्ता लगायौँ कि ९० % मानसिक रोगहरू को मूल कारण आध्यात्मिक आयाममा हुन्छ । मानसिक रोगहरूको मूल कारणको रूपमा शारीरिक तथा मानसिक कारकहरू आध्यात्मिक कारकको तुलनामा सामान्यतया कम मात्रामा हुन्छ । यो मुख्य कारण हो सबै शारीरिक र मनोवैज्ञानिक सहयोग उपलब्ध हुँदा पनि, व्यक्ति सकारात्मक दृष्टिकोण निर्माण गर्न असमर्थ हुन्छ । नकारात्मक विचारको वास्तविक कारणलाई बुझेर त्यसलाई स्वीकार गरी स्थायी सकारात्मक परिवर्तन ल्याउने पहिलो चरण हो ।

आध्यात्मिक अनुसन्धान अनुसार, नकारात्मक विचार निम्न उप-खण्डहरूमा उल्लेख गरे जस्तै या त शारीरिक, मानसिक र/या आध्यात्मिक मूल कारणहरूले हुन सक्छ । निम्न तालिकाहरूले नकारात्मक विचारको मूल कारणहरू देखाएको छ ।

प्रमुख कारण %
शारीरिक २०
मानसिक ३०
आध्यात्मिक ५०
कुल १००
स्रोत: आध्यात्मिक अनुसन्धान-०९  सेप्टेम्बर २०१९

अत्यधिक नकारात्मक विचारको स्थितिमा, मूल कारणको आध्यात्मिक घटकको अनुपात ५०% भन्दा पनि बढी हुने सम्भावना हुन्छ ।


परम पूज्य डा. आठवले पूर्व प्रख्यात सम्मोहन चिकित्सक हुन् र उनले चिकित्सकीय सम्मोहन र मनबारे आध्यात्मिक अनुसन्धानमा करिब ४० वर्षको संयुक्त अनुसंधानको अनुभव प्राप्त गरेका छन् ।

उनको अनुसन्धानको निष्कर्ष अनुसार, नकारात्मक विचार अवचेतन मनमा भएको स्वाभावदोषको (जस्तै क्रोध, डर, ईर्ष्या, भावनात्मकता, असुरक्षा, मूल्याङ्कन गर्नु, नकारात्मक विचार, आदि) संस्कारबाट आउँदछ । यी संस्कारहरू निरन्तर बाह्यमन (सचेत मन) मा विचारको रूपमा आवेगहरू पठाउँदछन् । हाम्रो बाह्यमनको अवस्था यी आवेगहरूले निर्धारित गर्दछ र हामी नकारात्मकता अनुभव गर्दछौँ या गलत तरिकाले व्यवहार गर्दछौँ ।

मूल आध्यात्मिक कारणहरू
आधुनिक विज्ञान अनुसार, गम्भीर चिन्ता या चिकित्सकीय मानसिक चिन्ता जैविक र मनोवैज्ञानिक कारणले हुन सक्छ, जस्तै अचानक जीवनमा प्रमुख परिवर्तनको प्रतिक्रिया, आनुवंशिक कारणहरू, पदार्थ दुर्व्यसन, औषधिबाट हुने रोग, आदि (mayoclinic.org, २०१९) ।

जहाँसम्म, आध्यात्मिक अनुसन्धानको माध्यमबाट, हामीले पत्ता लगायौँ कि प्रायः गम्भीर चिन्ता र चिकित्सकीय मानसिक चिन्ता आध्यात्मिक कारणहरूले हुने सम्भावना बढी हुन्छ । यसले यो पनि थाहा हुन्छ कि मनोचिकित्सकहरू लाक्षणात्मक उपचार गर्नमा सक्षम हुन्छ जुन स्थायी हुँदैन किनकि यसले मूल कारणलाई सम्बोधन गर्दैन । अतः समस्या पुनः उत्पन्न हुन जान्छ ।

नकारात्मक विचारको प्रमुख कारण आध्यात्मिक पनि हुन्छ । नकारात्मक विचारहरूको बल, अवधि र तीव्रता आध्यात्मिक कारकहरूको कारणले ज्यादा मात्रामा बढ्न सक्छ । अगाडि मुख्य आध्यात्मिक कारकहरू दिएका छन् जुन नकारात्मक विचारको कारण हुन सक्छ ।

अनिष्ट शक्ति (नकारात्मक ऊर्जा)
अनिष्ट शक्ति व्यक्तिलाई बाहिरबाट असर गर्न सक्छ या एउटा व्यक्तिलाई उसको अधिकारमा (आविष्ट) पनि गर्न सक्छ विशेष गरी जब व्यक्ति आध्यात्मिक रूपमा कमजोर हुन्छ ।अधिक स्वभाव दोष र उच्च अहङ्कार भएका व्यक्तिहरूलाई अनिष्ट शक्तिद्वारा लक्षित हुने बढी सम्भावना हुन्छ, किनकि उनीहरू आफूजस्तै स्वाभावदोष र अहङ्कार भएका व्यक्तिहरूप्रति आकर्षित हुन्छन् । अनिष्ट शक्तिले पनि समस्यालाई ठुलो बनाउन सक्छ-उदाहरणको लागी, यदि व्यक्तिमा क्रोधको विचार छ भने, अनिष्ट शक्तिहरू त्यसमा हाबी हुन सक्छन् ।
टिप्पणी: यस विषयमा अधिक जानकारीको लागि पढ्नुहोस् कसरी अनिष्ट शक्ति विचारहरूको माध्यबाट मानिसहरूलाई हानि पुराउँछ

जब एक अर्कासँग नकारात्मक लेन देन खाताहरू हुन्छन् भने यसले नकारात्मक विचारहरूको सिर्जना गर्ने गर्दछ । साथै, यदि कसैको तीव्र प्रारब्ध छ भने, त्यस व्यक्तिमा अधिक मात्रामा नकारात्मक विचारहरू हुन सक्छ । प्रारब्ध एउटा प्रमुख कारण हो जसले गर्दा मानिसहरू जीवनमा दुःखको अनुभव गर्दछन् । आध्यात्मिक अनुसन्धानको माध्यमबाट हामीलाई थाहा भयो कि हाम्रो ९८% व्यक्तित्वहरू हाम्रो अवचेतन मनमा भएका संस्कारहरूबाट निर्मित हुन्छन् जुन विगतका अनेक जन्महरूबाट साथमा आएका हुन्छन् ।


दिवङ्गत/मुत पुर्खाहरू
असन्तुष्ट पुर्खाहरूको सूक्ष्म देहले प्रायः उनीहरूको वंशजलाई प्रभावित गर्दछ । यो विभिन्न कारणहरूले हुन सक्छ । अत्यधिक नकारात्मक विचार आउनु दिवङ्गत पुर्खाहरूद्वारा उत्पन्न समस्याहरूको लक्षण हुन सक्छ ।


हाम्रो विचारहरूमा चन्द्रमाको प्रभाव
सहस्त्राब्दिहरु देखि यो एउटा लोकप्रिय दृष्टिकोण रहेको छ कि चन्द्रमाले व्यक्तिको मानसिक स्थितिमा प्रतिकूल असर गर्न सक्छ । मानिसमा चन्द्रमाको आध्यात्मिक प्रभाव  मा एसएसआरएफ द्वारा गरिएको आध्यात्मिक अनुसन्धानले यस दृष्टिकोणलाई पुष्टि गर्दछ । यो विशेष गरी पूर्णिमा र औँसीको रातहरूमा देखिन्छ, जहाँ नकारात्मक विचारहरू र अनिश्चित व्यवहारहरूमा वृद्धि हुन्छ ।

नकारात्मक विचारहरू-सूक्ष्म आयाममा तिनीहरूको प्रभाव 
हाम्रो आध्यात्मिक अनुसन्धान टोलीमा यस्तो साधकहरू छन् जसले व्यक्ति तथा वस्तुहरूद्वारा प्रक्षेपसित हुने सूक्ष्म स्पन्दहरू बुझ्न सक्दछन् । उनीहरूमा अति जागृत छैटौँ इन्द्रियको माध्यमबाट दृश्य स्वरूपमा ईश्वरीय ज्ञान प्राप्त गर्ने क्षमता छन् । यी चित्रहरू आध्यात्मिक एक्स-रे समान हुन्छ र एउटा औसत व्यक्तिलाई आध्यात्मिक आयामको अनुपम झलक प्रदान गर्दछ । तलको चित्रमा, नकारात्मक विचारहरूले व्यक्तिलाई कसरी प्रभाव पार्दछ, यसको सूक्ष्म प्रक्रिया प्रस्तुत गरिएको छ ।

नकारात्मक विचारहरूलाई कसरी रोक्ने
व्यक्तिमा नकारात्मक विचार हुँदा जुन सूक्ष्म प्रक्रिया हुन्छ, त्यसको संक्षिप्त विवरण अगाडि प्रस्तुत गरिएको छ । सर्वप्रथम जुन व्यक्तिसँग अधिक अहम् छ नकारात्मक विचार उसलाई सजिलैसँग आउँदछ । यसको कारण हो उनी आफ्नो अहम् सन्तुष्ट गर्ने बारे विचार गर्दछ । यसले भावनाहरू पनि बढ्दछ । जब यस्तो हुन्छ, यसले व्यक्तिको आज्ञा- चर्कलाई प्रतिकूल प्रभाव पार्छ र उसको सोच भ्रष्ट हुन्छ । त्यहाँ एक किसिमको श्रृंखलात्म अभिक्रिया हुन्छ जहाँ एउटा विचारमा निर्मित भएको कष्टदायी शक्ति अन्य सबै विचारहरूमा स्थानान्तरण हुन्छन् । फलस्वरूप व्यक्तिमा अनिष्ट शक्ति आकृष्ट हुन्छ जसले शरीरको चारैतर्फ र टाउकोको वरिपरिको क्षेत्रमा कष्टदायी शक्ति वृद्धि हुन्छ । व्यक्ति नकारात्मक विचारहरूमा हराउँदछ र आफ्नो वरिपरि के भई रहेको छ यस विषयमा अनभिज्ञ हुन्छ । नकारात्मक विचारले उसको वास्तविकतालाई आकार दिन थाल्छ ।

नकारात्मक विचारहरू हटाउनको लागि समाधानहरू
शारीरिक
व्यायाम गर्नु, औषधि लिनु (आवश्यकता अनुसार), प्राणायाम गर्नु, शान्त सङ्गीत सुन्नु, के-के कार्य गर्नु छ त्यसको सूचि बनाउनु, स्वास्थ्य बिहानीको नियोजन गर्नु आदि जस्ता समाधान मनलाई सकारात्मक रूपले व्यस्त राख्नमा सहायता गर्दछ । तर, नकारात्मक विचार मनसँग सम्बन्धित भएकोले, शारीरिक समाधानहरू एउटा सर्वसमावेशक समाधान होइन, यसमा व्याकुलता अधिक हुन्छ ।

मानसिक
केही फरक लोकप्रिय मानसिक समाधानहरू हुन् सकारात्मक वाक्य, सचेतना (mindfulness) को अभ्यास गर्नु, मनोचिकित्सकको सहायता लिनु आदि । संज्ञानात्मक व्यवहार थेरापी (CBT) पनि एउटा व्यापक रूपमा प्रयोग गरिन्छ र आफ्नो विचारहरूको डायरी बनाएर नकारात्मक विचारलाई सकारात्मक विचारद्वारा प्रतिस्थापनमा समावेश गरिन्छ । तर सकारात्मक वाक्यको पनि सीमितता हुन्छ । हामीले यसलाई हाम्रो लेखमा बताएका छौँ- स्वयम सूचनाहरू विरुद्ध सकारात्मक वाक्यहरूमा बताएका छौँ ।

आध्यात्मिक
साधना (आध्यात्मिक अभ्यास) र आध्यात्मिक उपचारहरू नकारात्मक विचारहरू हटाउनको लागि शक्तिशाली साधनहरू हुन्, खास गरी जब मूल कारण आध्यात्मिक प्रकृतिको हुन्छ । साधनाले सकारात्मक आध्यात्मिक ऊर्जा उत्पन्न गर्दछ, जसले नकारात्मक ऊर्जाहरू विरुद्ध बचाउन मद्दत गर्दछ र प्रतिकूल प्रारब्धलाई कम गर्दछ । नकारात्मक विचारहरू हटाउन, निम्न अभ्यासहरू सिफारिस गरिन्छ ।

१. नामजप: ‘श्री गुरुदेव दत्त‘ नाम जपले नकारात्मक विचारलाई हटाउन मद्दत गर्दछ, विशेष गरी पितृ दोषको सम्बन्धमा सहायता गर्दछ । वर्तमान काल अनुसार यस नाम जपको साथ-साथै, सबै प्रकारको नकारात्मक विचारहरूको प्रतिकार गर्न जस्मा अत्यधिक तीव्र स्वरूपको नकारात्मक विचार सम्मिलित हुन्छ, त्यसलाई प्रतिकार गर्न “ओम नमो भगवते वासुदेवाय” नाम जप गर्नको लागि सलाह दिइन्छ ।

२. साधनाको चरणको रूपमा स्वभाव दोष निर्मूल प्रक्रिया: परम पूज्य डा. आठवलेज्यूले स्वभाव दोष निर्मूल (PDR) प्रक्रियाको मार्ग देखाउनु भयो । स्वभाव दोष निर्मल प्रक्रियाले अवचेतन मनमा व्यक्तित्व स्वाभावदोषहरुको संस्कार हटाउन मद्दत गर्दछ । यसले अवचेतन मनलाई शुद्धि गर्दछ (जुन मनको ९०% भाग हो) । स्वभाव दोष निर्मल प्रक्रियाहरू वास्तविक घटनाहरू या नकारात्मक विचारहरू स्वयम सूचनाको माध्यमबाट सम्बोधन गरिन्छ जुन व्यक्तिगत आवश्यकता अनुसार बनाइन्छ । डा. डेभिड बर्न्सद्वारा पहिचान गरिएको विभिन्न नकारात्मक विचारहरूको स्वरूपहरूलाई हटाउन तल हामीले विभिन्न स्वयम सूचनाहरू दिएका छौँ ।

३. नुन पानीको उपचार: यो १५-मिनेटको उपाय कालो शक्ति हटाउन, जुन प्राय: नकारात्मक विचारहरूको स्त्रोत हुन्छ, यसको लागि प्रभावकारी तरीका हो । यस बारेमा थप जानकारीको लागि-नुन-मिश्रित पानीद्वारा आध्यात्मिक उपचार ।

निष्कर्ष
नकारात्मक विचारसँग सङ्घर्ष गर्नु एकदम निराश जनक र थकित महसुस हुन्छ  । आध्यात्मिक अनुसन्धान केन्द्रमा हामी तपाईँको यथार्थ स्थिति बुझ्न सक्छौँ र हामी भन्न चाहन्छौँ कि तपाई एक्लो हुनु हुन्न । यो हाम्रो अनुभवमा आएको छ कि विश्वको जनसङ्ख्याको एउटा विशाल अनुपात उनीहरूको जीवनमा कुनै न कुनै स्थितिमा नकारात्मक सोचाइबाट ग्रस्त भएका हुन्छन् । नकारात्मक विचारहरू हटाउन अधिकांशलाई गाह्रो लाग्नुको कारण हो, समस्याहरूलाई केवल शारीरिक र मानसिक समाधानले मात्र सम्बोधन गर्न खोज्छन् । तर प्राय: समस्याहरू आध्यात्मिक स्तरमा हुन्छ त्यसैले कम प्रभावकारी हुन्छन् । हामीले सुझाव गरेका आध्यात्मिक चरणहरूलाई अभ्यास गर्नु भयो भने तपाईँले आफ्नो मानसिक अवस्था र जीवनको गुणस्तरमा निश्चित सुधार पाउनु हुनेछ ।

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ