arrow

कस्तो रङको कपडा लगाउने ?

रङको आध्यात्मिक प्रभाव

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७८ पुष ३० शुक्रबार
color-effect.jpg

सूक्ष्म तथा अदृश्य स्तरमा सम्पूर्ण ब्रह्माण्ड तीन गुणबाट बनेको छ ।  सत्त्व, रज र तम ।  तीन सूक्ष्म-गुणको आधारमा रङको वर्गीकरण पनि सात्त्विक, राजशीक अथवा तामसिक गरिएको छ । सत्त्वको अर्थ आध्यात्मिक शुद्धता र रज तथा तमको क्रमशः अर्थ, क्रिया र आध्यात्मिक अज्ञान हो । 

सात्त्विक रङको लुगा लगाउनु साधनाको लागि सहायक हुन्छ । भने रज-तम प्रधान रङ आध्यात्मिक प्रगतिको लागि हानिकारक हुन्छ । रज-तम प्रधान लुगा लगाउनाले हाम्रो वरपर नकारात्मक स्पन्दन बढ्न थाल्दछ । यसले हामीतर्फ अनिष्ट शक्ति आकर्षित हुने सम्भावना अधिक हुन्छ किनभने त्यो पनि रज-तम प्रधान हुन्छ ।

हरेक रङले हामीलाई प्रभाव पारि रहेको हुन्छ । हरेक रङ सात्त्विक, राजशीक वा तामसिक हुन्छ । सात्त्विक रङ साधनाको लागि सहायक हुन्छ भने रज-तम प्रधान रङ हानिकारक हुन्छ ।

तल दिएको सूचीमा रङहरूको आध्यात्मिक प्रभाव देखाएको छ

 रङले हामीलाई आध्यात्मिक रूपमा कसरी असर गर्छ

रङ                                   प्रमुख सूक्ष्म घटक       हामीमा यसबाट हुने प्रभाव
सेतो                                     सत्त्व भन्दा पर                         सबै भन्दा सहयोगी
पहेँलो                                   सत्त्व                          अधिक सहयोगी
हल्का निलो                          सत्त्व                           अधिक सहयोगी
निलो                                  सत्त्व                           अधिक सहयोगी
गुलाबी                               सत्त्व                             सहयोगी
सुन्तलाको रङ                  सत्त्व-रज                              सहयोगी
ताजा हरियो                     सत्त्व-रज                               सहयोगी
रातो                                रज                              मध्यम सहयोगी/ हानिकारक१
गाढा हरियो                                     रज-तम                              मध्यम हानिकारक
बैजनी (परपल)                                 रज-तम                               मध्यम हानिकारक
बैजनी (भोइलेट)                                तम-रज                                मध्यम हानिकारक
खैरो (ब्राउन)                                   तम                                मध्यम हानिकारक
खैरो (ग्रे)                                        तम                                मध्यम हानिकारक
कालो                                             तम                                अधिक हानिकारक

सेतो, पहेँलो तथा निलो रङले हाम्रो वरपर आध्यात्मिक शुद्धता वृद्धि गर्नमा सहायक हुन्छ । अर्कोतर्फ कालो रङमा हानिकारक स्पन्दन हुन्छ, जसले केवल अनिष्ट शक्तिलाई आकर्षित गर्ने मात्र नभएर सात्त्विक स्पन्दहरू हटाइ दिन्छ ।

सूक्ष्म–ज्ञानमा आधारित तल दिएको दुई चित्रहरूले सेतो र कालो रङको लुगा धारण गर्दा उत्पन्न हुने आध्यात्मिक स्पन्दनहरूको अन्तर देखाइएको छ । 

मूल स्वभाव (प्रकृति) अनुसार : कुनै व्यक्तिलाई विशिष्ट रङमा रुचि हुनु व्यक्तिको स्वभाव (प्रकृति) सँग मेल खानु सबै भन्दा उपयुक्त कारण हो । सात्त्विक व्यक्ति सात्त्विक रङमा रुचि देखाउँछ, उदाहरण सेतो अथवा हल्का नीलो । यदि व्यक्तिको मूल स्वभाव (प्रकृति) तामसिक छ भने, उसले अधिक तामसिक रङमा रुचि देखाउँछ, उदाहरणको लागि कालो रङ ।

अनिष्ट शक्तिको प्रभाव अनुसार : अनिष्ट शक्तिद्वारा प्रभावित व्यक्ति  सामान्यतः कालो रङबाट पनि राम्रो स्पन्दन अनुभव गर्दछ । अनिष्ट शक्तिको कब्जामा भएको व्यक्तिको चारै शरीरहरू : शरीर, मन, बुद्धि र सूक्ष्म-अहम्; मा आध्यात्मिक दृष्टिले प्रभावित हुन सक्छ । 

यदि कष्ट दीर्घकालसम्म रह्यो भने, व्यक्तिले बिस्तारै-बिस्तारै आफ्नो अस्तित्व नै हराउन थाल्छ । कब्जा गरेको शक्तिको लक्षण प्रकट हुन्छ र यसले व्यक्तिको रुचि-अरुचिलाई प्रभावित गर्दछ, जुन कि उसको आचरणबाट अभिव्यक्त हुन्छ । यसको तात्पर्य हो व्यक्तिको चेतना पूर्णतः अनिष्ट शक्तिले नियन्त्रित गर्न सक्छ । अनिष्ट शक्ति तम प्रधान हुने कारण, व्यक्ति पनि कालो रङको तम-प्रभावित बस्तु जस्तै कालो लुगामा रुचि लिन थाल्दछ ।

आध्यात्मिक अनुसन्धानद्वारा प्राप्त निरीक्षण : कालो रङको लुगा औपचारिक तथा दैनिक जीवनमा लगाउने प्रचलन अनिष्ट शक्तिद्वारा बढाइ दिएको हो जुन व्यक्तिको मन छलपूर्वक र सूक्ष्म रूपमा प्रभावित गरि रहन्छ र जारी राख्दछ । कालो लुगा लगाउनाले आसपासको मानिसहरूमा पनि असर पर्दछ । 

यदि अनिष्ट शक्तिबाट पीडित दुई व्यक्ति कालो लुगा लगाउँछ भने, यसले दुई अनिष्ट शक्ति बीचमा सूक्ष्म कालो शक्ति आदान-प्रदान गर्नमा सहायक हुन्छ । तथापि यदि कुनै व्यक्ति त्यो परिसरमा इमानदारीपूर्वक साधना गर्ने प्रयास गर्दछ भने, अन्य व्यक्तिद्वारा लगाएको कालो वस्त्रले तमोगुणमा वृद्धि गर्दछ जसले साधना गर्ने व्यक्तिमाथि पनि विपरीत परिणाम हुने सम्भावना रहन्छ; किनकि अनिष्ट शक्तिहरू तीव्रता र गम्भीरतासँग साधना गर्ने व्यक्तिलाई परावर्तित गर्नतर्फ आफ्नो ध्यान केन्द्रित गर्दछ ।

लुगाको रङ सात्त्विक हुनुपर्छ : सेतो, पहेँलो, नीलो र यी रङको मिश्रण भएको रङहरू चयन गर्नुहोस् । साधारण व्यक्ति माथि रङको प्रभाव १/१००० भाग हुन्छ । हेर्दा एकदम कम मात्रामा प्रभाव देखे पनि धेरै जसो व्यक्तिमा शारीरिक र मानसिक स्तरमा यसले महत्त्वपूर्ण प्रभाव पार्दछ । अति कम प्रभाव पर्छ जस्तो लागे पनि सत्त्व-रज युक्त लुगा लगाउनाले व्यक्तिलाई निम्न लाभ हुन्छ :

व्यक्तिको सत्त्व-रजयुक्त व्यक्तित्वको लागि सहायक हुन्छ अथवा व्यक्तिमा विद्यमान रज-तम प्रधानता न्यून हुन्छ ।

यदि कुनै व्यक्तिलाई कालो लुगा प्रिय छ भने, उसले यो लेख पढेपछि पनि कुनै न कुनै कारण देखाएर कालो लुगा लगाउन जारी राख्ने प्रयत्न गर्न सक्छ । हाम्रो विशेष सिफारिस छ कि स्वयंको बुद्धिको उपयोग गर्न यस सन्दर्भमा केवल हानिकारक छ । किनभने आध्यात्मिक दृष्टिले कालो लुगा लगाउन कुनै पनि प्रकारको लाभ छैन र यसले नकारात्मक प्रभाव मात्र पार्दछ ।

लुगाको रङ भड्किलो हुनु हुँदैन : भड्किलो रङ अधिक सूक्ष्म तमोगुण प्रधानता हुन्छ । कालान्तरमा भड्किलो रङको लुगा लगाउने व्यक्ति तम प्रधान हुन्छ ।

लुगाको रङ एकै समान हुनु पर्छ : लुगा जुन सादा र एकल आध्यात्मिक रङ, कलाकृति बिनाको हुन्छ त्यो पारदर्शिताको प्रतीक हुन्छ त्यसैले आध्यात्मिक दृष्टिबाट अधिक सात्त्विक मानिन्छ ।

लुगाको दुई रङहरूमा अधिक भिन्नता हुनु हुँदैन : यदि दुई भिन्न रङहरूलाई एकसाथ राख्यौँ भने नकारात्मक (अनिष्ट) स्पन्दनहरू निर्मित हुन्छ । त्यसैले दुवै रङहरू बिच अधिक भिन्नता हुनु हुँदैन । उदाहरणको लागि पहेँलो (सात्त्विक रङ) र हरियो (राजशीक रङ) रङको संयोजनबाट बच्नुहोस् । तर यदि हरियो रङ पहेँलोसँग राम्रोसँग मिश्रित भएर सुन्दर मेल हुन्छ भने त्यसको प्रयोग गर्न सकिन्छ । किनकि त्यसमा अधिक पहेँलो रङ हुन्छ जुन अधिक सात्त्विक हुन्छ ।

हामीलाई विशेष रङ मन पर्नुमा शारीरिक, मनोवैज्ञानिक (मानसिक) वा आध्यात्मिक कारण हुन सक्छन् । तर हामीले आध्यात्मिक रूपमा फाइदा हुने रङ रोज्नुपर्छ । उदाहरणको लागि सात्त्विक रङ हुनुपर्छ, भड्किलो रङ हुनुहुँदैन, लुगाको रङ एकै समान हुनुपर्छ तथा एक अर्काको लागि पूरक हुनुपर्छ, दुई रङहरूमा अधिक भिन्नता हुनुहुँदैन आदि ।

 अध्यात्मको सिद्धान्त हो जीवनमा सत्त्व गुण बढाउने र रज-तम गुण न्यून गर्ने । यस सिद्धान्त अनुसार हामीले कार्यान्वयन गरेर जति लोकप्रिय चलन भए पनि तामसिक चलन नकार्नाले हामी जीवनमा उच्च स्तरको सुख र सन्तोष प्राप्त गर्न सक्छौँ ।
इमेल : hjsnepal@gmail.com
वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ