एनआईसी एशिया बैंकद्वारा भ्यालेन्टाइन डेको विशेष अफर
प्रकाशित २०७६ माघ २७ सोमबार
981
Shares
काठमाडौं। एनआईसी एशिया बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप MoBankमार्फत कारोबार गर्ने ग्राहकहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ। जस अन्तर्गत ११ फेब्रुअरीदेखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गतेसम्म एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप “MoBank” कारोबार गर्ने २० भाग्यमानी ग्राहकले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउन बैंकले जनाएको छ।
विज्ञप्ति जारी गर्दै बैंकले भनेको छ, ‘यस बैंकको मोबाईल बैंकिङ्ग एप MoBank मार्फत कुनै पनि भुक्तानी जस्तै QR payment, बिजुली बिल भुत्तानी, mobile top-up लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ। तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छै।’
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सुचना अधिकारी) सुधिर नाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसको नतिजा बैंकले आफ्नो फेसबुक पेज तथा जित्नुहुने ग्राहकहरुलाई फोनमार्फत जानकारी दिनेछ। डिनर जित्नुहुने ग्राहक महानुभावले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउनु हुनेछ।’
बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पुर्याउने विश्वास लिएको जनाएको छ। यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ।
बैंकले यस्ता थुप्रै अन्य योजनाहरु ल्याइसकेको छ भने भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ। साथै बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न cash back अफर नियमित रुपमा दिइरहेको छ। यस बैंकको MoBank मार्फत NTC/NCELL top up गर्दा ३ प्रतिशत cash back तथा हरेक बुधबार Daraz.com बाट सामान खरिद गर्दा १० प्रतिशत वा रु. ५०० सम्मको cash back, हरेक शुक्रबार happy hour मा एपमार्फत भुक्तानी गर्दा अधिकतम रु. १०० सम्म cash back र Samsung Galaxy S10+ खरिद गर्दा अधिकतम रु. ३,००० सम्मको छुट दिने व्यवस्था बैंकले ल्याएको छ।
बैंकले विज्ञप्तिमा भनेको छ, ‘बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ५१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।
करिब २१ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।’