arrow

कोरोनाबाट हजार बढीको मृत्यु, चीनमा पाँच लाख संक्रमित ? 

logo
प्रकाशित २०७६ माघ २८ मंगलबार
corona-xi-jinping.jpg

काठमाडौं । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले विश्वका २७ राष्ट्रमा संक्रमण फैलिएको छ । त्यस अन्तर्गत नेपालमा एक जनामा संक्रमण देखिएको छ । 

तर संक्रमण अझै बढी हुन सक्ने दावी हुन थालेको छ । चीनबाट नेपालमा चिनियाँ आउने क्रम रोकिएको छैन । 

उनीहरुले कतै कोरोना लिएर आएका त छैनन् भन्ने प्रश्न पनि खड्किएको छ । चीनबाट नेपाल आउने चिनियाँलाई नेपाल प्रवेशमा कडाइ गर्नुको सट्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहजै प्रवेश पाएको बताइएको छ । 

कोरोनाको संक्रमणपछि सात सय भन्दा बढी चिनियाँ नेपाल भित्रिसकेको बताइन्छ । जबकि चीनमा रहेका १८१ नेपाली विद्यार्थीलाई सरकारले ल्याउन सकिरहेको छैन । 

ती नेपालीलाई फागुन ३ गते ल्याएर क्वारेन्टाइनमा राख्ने बताइएको छ । तर चिनियाँहरु कता छन् ? 

यसैबीच कोरोना भाइरसले चीनमा २० दिनमा पाँच लाख चिनियाँमा संक्रमण फैलिन सक्ने अनुमान गरिएको छ । 

ब्लुमबर्गको एक रिपोर्टअनुसार  फेब्रुअरीको अन्त्यसम्ममा चीनको सबैभन्दा प्रभावित वुहानमा पाँच लाख मानिस कोरोनाको चपेटामा पर्न सक्छन् । 

सन् २००२–०३ मा आएको सार्स भाइरलको तुलनामा अहिले बढीको ज्यान गएको छ । 

त्यतिबेला ७७४ जनाको ज्यान गएकोमा यसपटक त्यो संख्या नाघेर एक हजार भन्दा बढी भएको छ । 

सोमबार एकै दिन १०३ जनाको मृत्यु भएपछि यो संख्या हार पनि नाघेको हो । सोमबार २०९७ नयाँ संक्रमित भेटिएका छन् । 

विश्व स्वास्थ्य संगठनको टोलीसमेत चीन पुगेको छ । ४२ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।  

वुहान सहर गत जनवरी २३ देखि सटडाउन छ । आवतजावतमा प्रतिवन्ध छ । त्यस्तै एक करोड १० लाख मानिस आफ्नो घरमा कैद छन् । 

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनले हरेक दिन संक्रमित भएकाहरुको आँकडाको अध्ययन गरिरहेको छ । 

यसले कोरोना फैलिने तरिकाको समेत अध्ययन गरिरहेको छ । 

सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना प्रभावित अस्पतालको भ्रमण गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ