arrow

दिल्लीमा आप दुई तिहाईको बाटोमा, भाजपालाई फाइदा, कांग्रेस ‘शून्य’

logo
प्रकाशित २०७६ माघ २८ मंगलबार

नयाँदिल्ली । भारतको नयाँदिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावको मतगणना मङ्गलबार बिहानदेखि भइरहेको छ । मतगणनामा स्पष्ट दुई तिहाईको आम आदमी पार्टीलाई केही निराशा हात लागेको छ । 

पहिलेको तुलनामा आप केन्द्रीय सरकारको छायाँमा परेको छ । केन्द्रीय सरकार नरेन्द्र मोदीको भाजपाको नेतृत्वमा चलिरहेको छ । 

मतगणना जारी रहँदा ७० सिटको दिल्लीमा आप ५२ सिटमा अगाडि रहेको छ भने भाजपा १८ सिटमा अगाडि छ । कांग्रेस आई शून्यमा अगाडि चलिरहेको छ । 

यो आँकडाले आपले फेरि पनि सरकार बनाउने निश्चित छ । तर भाजपालाई फाइदा भएको छ । 

सन् २०१५ को चुनावमा आपले ६७ सिट जितेको थियो भने भाजपा गठबन्धनले ३ सिट जितेको थियो । यसपटक भाजपालाई फाइदा हुने देखिएको छ । 

दिल्ली निर्वाचन आयोगका प्रमुख रनबिर सिंहले मतगणनाका लागि दिल्लीका विभिन्न स्थानमा २१ वटा केन्द्रको व्यवस्था गरिएको जानकारी दिए । 

बिहान ८ बजेदेखि जारी मतगणना मंगलबारै सकिने छ । विद्युतीय मतदान भएकाले चुनावी परिणाम मङ्गलबार नै सार्वजनिक हुने अनुमान गरिएको हो । 

यसअघि दिल्लीको सत्तारुढ आम आदमी पार्टी (आप) का नेताहरुले निर्वाचन समाप्त भएपछि विद्युतीय मतदान उपकरणहरु अनधिकृत तरिकाबाट अन्यत्र लगिएको भन्दै विरोध जनाएका थिए । तर प्रमुख आयुक्त सिंहले आपको उक्त दाबीमा सत्यता नरहेको दाबी गरे । 

उनले पर्यवेक्षक र सबै दलका उम्मेदवारहरुको रोहबरमा विस्तृत अनुसन्धान पनि गरिसकेको पनि बताए । अनुसन्धानमा विद्युतीय मतदान केन्द्रहरु सबै ठीक र दुरुस्त अवस्थामा रहेको भेटिएको पनि उनले बताए । 

अहिलेसम्मको आँकडा तथा चुनावपछि सार्वजनिक मतसर्वेक्षणले मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आपले दुई तिहाई स्थान जित्ने अनुमान प्रस्तुत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ