arrow

ओस्करमा 'जोकर'को भावुक मन्तव्य, जसले विश्वभर चर्चा पायो

'हामी बाछोको दुध लुट्छौ, प्रकृतिको दोहन गर्छौ'

logo
प्रकाशित २०७६ माघ २८ मंगलबार
jocker.jpg

काठमाडौं ।  'मलाई लाग्छ, हामीले प्राकृतिक संसारसँगको सम्पर्क गुमायौं। हामीमध्ये धेरैले विश्वास गर्छौं कि हामी यस ब्रह्माण्डको केन्द्रबिन्दु हौं। हामी प्रकृतिको दोहन गर्छौं। हामीलाई लाग्छ हामीसँग गाईको कृत्रिम गर्भाधान गर्ने अधिकार छ र गाईको बाछोलाई अलग गर्नु हाम्रो अधिकार हो ।  जबकि हामी बाछोको कष्ट महसुस गर्न सक्छौं। हामी हाम्रो कफी र बिहानको ब्रेकफास्टमा त्यहि गाईको दूध प्रयोग गर्छौं जसमा बाछोको अधिकार छ।

सबैभन्दा प्रतिष्ठित ओस्कर अवार्ड जितेपछि अभिनेता जोक्विन फिनिक्सले भने, 'हामी पनि परिवर्तन गर्ने धारणादेखि डराउँछौं किनभने हामी सोच्छौं यसको लागि हामीले केहि त्याग गर्नुपर्दछ। हाम्रो सृजनात्मक शक्तिहरूको माध्यमबाट हामी त्यस्तो प्रणाली सिर्जना गर्न सक्दछौं जुन सबै भावुक प्राणी र वातावरणको हितमा हुन्छ।'

ज्वाकिन फिनिक्सले फिल्म जोकरबाट यस वर्षको सर्वोत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन्। 'म धेरै कृतज्ञ छु। तर नामंकन भएका अन्य साथिहरुभन्दा ज्यादा बुलन्द म छैन, किनकि हामी सबैको फिल्म प्रति समान प्रेम छ। यस अभिव्यक्तिको माध्यमले मलाई सम्झनलायक जीवन जितउने अवसर दिएको छ। मलाई थाहा छैन म फिल्ममा नभएको भए कहाँ हुने थिएँ।'

उनले भने, 'हामी धेरै मुद्दाहरूको च्याम्पियन छौं भनेर कहिलेकाँही हामी महसुस गर्छौं वा हामीलाई महसुस गराइन्छ । तर मेरो लागि यी सबै मुद्दाहरू उस्तै छन्। जब हामी लैङगिक समानता, जातिय भेदभाव, लैङगिक अल्पसंख्यकको अधिकार, स्थानीय अधिकार, जीवन अधिकार आदि बारे कुरा गर्छौं, हामी अन्याय विरुद्ध लड्न कुरा गर्छौं।'

'म धेरै स्वार्थी छु, मलाई दोस्रो अवसर दिनुभएकोमा धन्यवाद। '

'म अत्यन्त स्वार्थी थिएँ। कहिलेकाँही यस्तो क्रुर थिए कि मसँग काम गर्न गाह्रो हुन्थ्यो। तर म यहाँ धेरै मानिसहरुप्रति आभारी छु जसले मलाई दोस्रो मौका दिनुभयो। यो त्यहि समय हो जहाँबाट हामी असल बन्छौ , हामी एक अर्कालाई सहयोग गर्दछौं। हामी पुरानो गल्तीहरूको लागि एक अर्कालाई बेवास्ता गर्न शुरू गर्दैनौं, बरु हामीलाई अगाडि बढ्न, सिकाउन, पापबाट मुक्तिको बाटोमा मार्गदर्शन गर्न मद्दत गर्नुपर्दछ र स्थायी शान्तिलाई प्राप्त गर्न सक्नेछौ ।  

मेरो भाई रिवर १७ बर्षको उमेरमा एक गीत लेखेको थियो, रन अफ द रिस्क्यु विद लव एण्ड पीस विल फलो .... 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ