arrow

ओमानका कप्तान र उपकप्तानको शतकले विशाल योगफल तयार

logo
प्रकाशित २०७६ माघ २८ मंगलबार
Oman-maqsood-cricket.jpg

काठमाडौं। विश्व क्रिकेट लिग दुई अन्तर्गत किर्तिपुरमा जारी अमेरिका र ओमान बिचको खेलमा ओमानले अमेरिकालाई २ सय ७७ रनको बिजय लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरो ओमानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७६ रन बनाएको थियो। ओमानका लगि कप्तान जिसन मकसुद र उपकप्तान अकिब ईल्यास दुवैले शतक बनाएका थिए।

मकसुदले १ सय ९ बलमा ४ छक्का र १० चौका मदतले १ सय ९ रन बनाएका थिए भने ईल्यासले १ सय २३ बलमा १ छक्का र ११ चौका मदतले १ सय ५ रन बनाएका थिए।

अमेरिकाका लागि सऔरभ नेत्रावलकर र रस्टी थेरोनले ३-३ विकेट लिएका थिए। सुरुवाती बलिङ राम्रो गरेको अमेरिकाले ओमानी कप्तान र उपकप्तानलाई नियन्त्रणमा लिन नसक्दा विशाल योगफल तयार भएको हो।

११औं ओभरमा ३१ रनमा २ विकेट लिईसकेको अमेरिकाले बिचमा बलिङ लय गुमाएको थियो। श्रृखंलाको सुरुवातमा केहि अफ्ठ्यारो देखिएको पिच बिस्तारै ब्यटिङ मैत्री हुँदै गएको हो वा ओमानले राम्रो  ब्याटिङ गरेको त्यो दोस्रो पारीमा थाहा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ