arrow

विशाल जीतले केजरीवाललाई वधाईको ओइरो

दिल्लीमा कांग्रेस शुन्य

logo
प्रकाशित २०७६ माघ २८ मंगलबार
kejriwal.jpg

दिल्ली । भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी आपले यस पटक पनि विशाल जीत हासिल गरेको छ ।  आपले कुल ७० सीटको विधान सभामा ६२ सीटमा जीत निकालेको हो । 

केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टी भाजपाले दिल्लीमा यस पहिलेको तुलनामा जनमत जम्मा गरेको देखिएपनि निर्वाचनमा धेरै सीट विजय गर्न भने सकेन । ८ सिटमा भाजपा रोकिएको छ । 

दिल्ली विधान सभामा भारतीय कङ्ग्रेसले प्रारम्भिक मतगणनामा एक दुई स्थानमा अग्रता कायम गरे पनि दिन ढल्दै जाँदा उसलाई अन्य दलले पछाडि पारिदिए । कङ्ग्रेसले दिल्लीमा सन् २०१३ पूर्व लामो समयसम्म आफ्नो नेतृत्वमा सत्ता चलाएको थियो । भने यस पटक निल भएको छ ।
 
आपले निर्वाचनमा दोहोराएर विशाल विजय निकालेपछि देशका विभिन्न राजनीतिक नेताहरूले नेता अरविन्द केजरीवाललाई वधाई सन्देशहरू दिएका छन् । 

 केजरीवाललाई वधाई दिँदै पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन् , “अरविन्द केजरीवाललाई धेरै धेरै वधाई ! अहिले भारतीय जनता रोटी,कपडा र वास (घर) चाहान्छन् । प्रवृत्ति एकदमै स्पष्ट छ कि राजनीतिमा छलकपटले काम गर्दैन ।”

त्यस्तै केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पनि केजरीवाललाई उनको पार्टीको शानदार विजयका लागि वधाई दिएका छन् । “अरविन्द केजरीवाल र आमदमी पार्टीलाई दिल्ली चुनावमा ठूलो जीतको लागि वधाई छ । यो जीत हाम्रो देशको जन–समर्थक र समावेशी राजनीतिको लागि आश्रयस्थल होस् ।”

द्रविदा मुन्नेत्र काझागम (डीएमके)का नेता एमके स्टालिनले ट्वीटर सन्देशमा मार्फत भनेका छन् , “अरविन्द केजरीवाल र आम आदमी पार्टीलाई पुनः दिल्लीमा सरकार गठन गर्न पाएको वृहत जनादेशको लागि बधाई छ । विकासले साम्प्रदायिक राजनीतिलाई बिगार्न सक्छ भन्ने कुरा स्पष्ट छ । संघीय अधिकार र क्षेत्रीय चाहनालाई हाम्रो देशको हितमा सुदृढ बनाउनुपर्दछ ।”

समाजवादी पार्टीका अध्यक्ष र उत्तर प्रदेशका पूर्व मुख्यमंत्री अखिलेश यादवले दिल्ली निर्वाचन परिणामबारे पत्रकारहरूसँग कुराकानी गर्दै भने “दिल्ली चुनावको नतीजाले देशभर सन्देश पठाउनेछ कि किसान, गरिब र युवाले विकास र समृद्धिलाई मतदान गर्छन् । जनताले दिल्लीमा साम्प्रदायिक राजनीतिको बिरूद्ध मतदान गरे ।”

कडा सुरक्षाको बीचमा शहर भरिका २१ केन्द्रहरूमा मतगणना भैसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ