- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भइरहेको ट्राइसिरिजमा बुधबार अन्तिम खेल हुँदैछ । नेपालले अन्तिम खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ः३० बजे सुरु हुनेछ । जारी प्रतियोगितामा एउटा पनि खेल नजितेको अमेरिका नेपालविरुद्धको खेल जित्ने लक्ष्यमा हुनेछ ।
नेपाल भने यसअघि भएको अमेरिकाविरुद्धकै नतिजा दोहोर्याउने पक्षमा हुनेछ ।
नेपाललाई अगाडि बढ्नका लागि पनि यो जित महत्वपूर्ण रहेको छ । नेपालले शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै पहिलो जीत दर्ता गरेको थियो ।
अमेरिकाविरुद्धको उक्त खेलमा बाहेक नेपाल ओमानसंग दुवै खेल हारेको थियो ।
ट्राइसिरिज जित्दै ओमानले क्लिनस्वीप गरेको छ । ओमान ७ देश सहभागी डिभिजन–२ को शीर्ष स्थानमा छ । ओमानको १६ अंक रहेको छ । अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ ।
नेपाल भने २ अंकबाट छैटौं स्थानमा छ ।