कोरोना भाइरसको नाम ‘कोभिड–१९’, खोप बन्न डेढ वर्ष लाग्ने  

प्रकाशित मिति : २०७६ माघ २९ बुधबार

काठमाडौं । विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस विरुद्धको खोप तत्काल तयार नहुने भएको छ । यो बन्न डेढ वर्ष लाग्ने भएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने जनाएको हो ।

यो कोरोना भाइरसको नामाकरण समेत गरिएको छ । यसको नाम ‘कोभिड –१९’ राखिएको डब्लूएचओका प्रमुख टे«ड्रोस अधानोम गेबियससले बताए ।

गेबियससले कोरोनाप्रतिको भ्रम हटाउन पनि यसको नामाकरण गरेको स्पष्ट पारेका छन् ।

यो कोरोना भाइरस चीनको वुहान शहरबाट फैलिएको हो । २६ देशमा फैलिसकेको छ । 

एक हजार भन्दा बढीको ज्यान गइसकेको छ । १ हजार १ भन्दा बढीको ज्यान गएको छ । 
ज्यान जाने सबै चिनियाँ हुन् । फिलिपिन्स र हङकङमा पनि १–१ जनाको ज्यान गएको छ । 

कोरोना संक्रमित हुनेको संख्या ४२ हजार भन्दा बढी रहेको छ । दुई लाख मानिस निगरानीमा छन् । 

नयाँ