arrow

अमेरिकाद्धारा चीनलाई मास्क र आइसोलेसन गाउन सहयोग 

logo
प्रकाशित २०७६ माघ २९ बुधबार
corona-virus-gown.jpg

काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्न नसकेको भन्दै चीनमाथि चर्को आक्रोश पोखिरहेको अमेरिकाले चीनलाई मास्क र आइसोलेसन गाउन दिएर सहयोग गर्ने भएको छ । 

अमेरिकाले १८ लाख मास्क सहयोग गर्ने भएको हो । त्यसैगरी अमेरिकाले ८० हजार आइसोलेसन गाउन पनि उपलब्ध गराउने बताएको छ । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङमाथि कोरोना नियन्त्रणमा इच्छा नदेखाएको आरोप लगाएका थिए । 

यसले गर्दा विश्वको अर्थतन्त्र पनि धरासायी बनेको छ । 

अमेरिका लगायतका चीन बाहेकका २५ देशमा कोरोना फैलिएको छ । यसको संक्रमण रोक्न पनि कठिन भएको छ । 

विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस विरुद्धको खोप तत्काल तयार नहुने भएको छ । यो बन्न डेढ वर्ष लाग्ने भएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने जनाएको हो ।

यो कोरोना भाइरसको नामाकरण समेत गरिएको छ । यसको नाम ‘कोभिड –१९’ राखिएको डब्लूएचओका प्रमुख टे«ड्रोस अधानोम गेबियससले बताए ।

गेबियससले कोरोनाप्रतिको भ्रम हटाउन पनि यसको नामाकरण गरेको स्पष्ट पारेका छन् ।

यो कोरोना भाइरस चीनको वुहान शहरबाट फैलिएको हो । २६ देशमा फैलिसकेको छ । 

एक हजार भन्दा बढीको ज्यान गइसकेको छ । १ हजार १ भन्दा बढीको ज्यान गएको छ । 
ज्यान जाने सबै चिनियाँ हुन् । फिलिपिन्स र हङकङमा पनि १–१ जनाको ज्यान गएको छ । 

कोरोना संक्रमित हुनेको संख्या ४२ हजार भन्दा बढी रहेको छ । दुई लाख मानिस निगरानीमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ