arrow

दिल्ली निर्वाचनमा भाजपाको हारको कारण

logo
प्रकाशित २०७६ माघ २९ बुधबार
modi-kejariwal.jpg

काठमाडौं । भारतको दिल्लीको विधानसभा निर्वाचनमा अर्बिन्द केजरीवालको पार्टी आम आदमी पार्टी आपले ८८ प्रतिशत सित जित्न सफल भएको छ । 

७० मध्ये ६२ सिट सहित आप पुनः दुई तिहाइ मत ल्याउन सफल भएको हो । सन् २०१५ मा आपले ६७ सिट जितेको थियो । त्यतिबेला ९६ प्रतिशत सिट जितेको थियो । ३ जितेको भारतीय जनता पार्टी भाजपादोस्रो स्थानमा थियो । 

यसपटक भाजपाले ८ सिट जित्यो । केन्द्रसहित अधिकांश राज्यमा भाजपाले सरकार बनाए पनि दिल्ली भने फेरि पनि आपको भएको छ । 

कांग्रेसले फेरि पनि सिटको खाता खोल्न सकेन । सन् २०१५ मा पनि कांग्रेस ० मा थियो । 

आखिर किन असफल भयो भाजपा दिल्लीमा ?  

भाजपाको हारका पछाडि विभिन्न कारणहरु दिइएका छन् । 

शाहीन बागको मुद्दा–

प्रमुख विषय बाहीन बागको मुद्दा रहेको बताइएको छ । 

पूरा विधानसभा चुनावमा शाहीन बागबारे भाजपाले प्राथमिकताका साथ मुद्दा बनाएको छ । गृहमन्त्री अमित शाहदेखि अन्य नेताहरुले शाहीन बागमा बयानबाजी गरे । 

दिल्लीको स्थानीय मुद्दालाई छाडेर भाजपाका नेताहरुले राष्ट्रवाद, अनुच्छेद ३७० र शाहीन बागेको मुद्दालाई अगाडि बढाइरहे । 

भाजपाले दिल्लीको विकासका कुनै पनि योजना ल्याएन । उक्त कारण दिल्लीवासीको मन भाजपाले जित्न सकेन । 

केजरीवाल विरुद्ध लड्ने नेता भएन 
केजरीवालको विरुद्धमा लड्ने भाजपाका कुनै नेता पेश गर्न नसक्नु भाजपाको हारको प्रमुख कारण हो । हरियाणा र झारखण्डको रणनीति अनुसार भाजपाले दिल्लीमा नयाँ अनुहार ल्याउन सकेन । 

भाजपाले नयाँ नेता नल्याइ प्रधानमन्त्री नरेन्द्र मोदीको नाममै चुनाव लड्यो । 

पहिले कलाकारसमेत रहेका मनोज तिवारीको अगुवाईमा दिल्लीमा भाजपा आउने बताइए पनि पछि यो घोषणाले यो टर्न लिएको थियो । 

विकासको एजेन्डा नै रहेन
केजरीवालको आपले पाँच वर्षको अवधिमा आप सरकारले गरेका कामको फेहरिस्त सुनाउँदै हिँड्यो । योजना सुनायो । 

तर भाजपाले स्थानीय मुद्दामा कुनै चर्चा नै गरेन । भाजपाले दिल्लीमा पानीको प्रदूषणबारे चर्चा गर्यो । 

यसमा स्थानीय प्रभावित हुनै सकेनन् । भाजपाले मोदीको कामको चर्चा मात्र गर्यो । जुन दिल्लीवासीले पत्याएनन् । 

केजरीवालको निःशुल्क योजनामा बोल्न नसक्नु
केजरीवाल सरकारले निःशुल्क योजना ल्याउँदा पनि त्यसमा भाजपा बोल्न सकेन । २०० युनिटसम्मको बिजुली अनि २० हजार लिटर पानी निःशुल्क दिने आपको योजनामा भाजपा बोल्न सकेन । 

त्यस्तै आपले शिक्षा र चिकित्सामा पनि जोड दियो । भाजपाले दिएन । 

केजरीवाललाई घेर्न सकेन भाजपाले 
भाजपाले केजरीवाललाई घेर्न नै सकेन । दिल्ली चुनावमा केजरीवालले बोल्दै गए स्वतन्त्र भएर । त्यसमा भाजपाले आक्रमण गर्नै सकेन । 

भाजपाले जवाफ दिन सकेन । नीति नियममा भाजपाले आक्रमण गरेन । अतः अबको पाँच वर्ष पनि केजरीवालको शासन चल्नेछ । भाजपा निराश भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ