arrow

दिल्ली राजनीतिः जितेका ७० मध्ये ५२ विधायक करोडपति

logo
प्रकाशित २०७६ माघ २९ बुधबार
kejariwal-win.jpg

काठमाडौं । भारतको नयाँ दिल्लीका नयाँ ७० विधायकमध्य ५२ जना करोडपति छन् । उनीहरुसंग एक करोड भन्दा बढी भारतीय रुपैयाँको सम्पत्ति छ । 

उक्त सीटमध्ये ४५ करोडपति आम आदमी पार्टीका र ७ जना भारतीय जनता पार्टीका छन् । ७० मध्ये ६२ आपले र ८ भाजपाले जितेको थियो । 

उनीहरुसंग २९२ करोडभन्दा बढीको सम्पत्ति छ । जबकि सबैभन्दा कम आपकी विधायक राखी बिडलांसंग जम्मा ७६ हजार ४२१ रुपैयाँ रहेको छ । 

पछिल्लो चुनावबाट ४४ विधायक करोडपति हुँदा अहिले बढेका छन् । सन् २०१५ मा आपका ४१ र भाजपाका ३ विधायक करोडपति थिए । 

५ वर्षको अवधिमा आपकी प्रमिला टोकस सबैभन्दा धनी थिइन् । त्यो समय उनको सम्पत्ति ८७.९१ करोड सम्पत्ति भएकामा अहिले ८०.८९ करोड भएको छ । 

अहिले सबैभन्दा बढी आपका धरमपाल लाकडाको सम्पत्ति २९२.१२ करोड रहेको छ । 

सबैभन्दा कम पनि आपकै विधयकको छ । राखीको ७६ हजार ४२१ रुपैयाँ रहेकामा अर्का आपका विधायक संजीव झाको ११.३७ लाख रहेको छ । १५ लाखभन्दा कम सम्पत्ति भएका विधायकहरु पाँच छन् । सबै आपका हुन् । 

अपराधीको रेकर्ड पनि उत्तिकै छ । ४३ विधायकमाथि आपराधिक मुद्दा रहेको छ । सन् २०१५ मा भन्दा अहिले १९ विधायक बढी छन् । 

४३ मध्ये ३८ आपका र ५ भाजपाका छन् । 

सबैभन्दा कम उमेरका ३० वर्षका कुलदीप कुमार रहेका छन् । सबैभन्दा पाका ७२ वर्षका राम निवास गोयल छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ