arrow

लेखक र साहित्यकार पुरस्कृत

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७६ माघ २९ बुधबार

पाँचथर । समथिङ फाउण्डेशन नेपालले लेखन तथा साहित्य क्षेत्रमा योग्दान पुरयाउने लेखक र साहित्यकार दुई जनालाई पुरस्कृत र सम्मानित गरेको छ ।

फाउण्डेशनले बुधबार फदिममा एक कार्यक्रमको आयोजना गरी पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर २ का लेखक राज माङलाकलाई पुरस्कृत र हिलिहाङ गाउँपालिका वडा नम्बर ५ सुभाङ निवासी विद्या ओझा निर्दोशीलाई सम्मानित गरेको हो ।

लेखक माङलाकलाई ५५ हजार ५ सय ८० रुपैया सहित पुरस्कृत गरिने र साहित्य क्षेत्रमा योग्दान पुर्याउने निर्दोशीलाई ५ हजार ५ सय ८० रुपैयाँ सहित सम्मानित गरिएको फाउण्डेशनका अध्यक्ष मंगल बेघाले बताए । उनीहरुलाई पूर्व राज्यमन्त्री श्री प्रसाद जवेगु तथा प्राध्यापक डाक्टर टंक न्यौपाने लगायतले पुरुस्कार र प्रमाणपत्र दिएर पुरस्कृत र सम्मान गरेका हुन् । 

संस्थाका संरक्षक लेखक गुरुङ रामप्रकाश समथिङले समथिङ साहित्यिक राष्ट्रिय पुरुस्कार र समथिङ साहित्यक राष्ट्रिय सम्मान वितरण गर्न ३ लाख ५० हजार रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् । 

कोषमा राखिएको उक्त रकमको ब्याजबाट पुरुस्कार प्रतिस्पर्धाको आधारमा हैन,योगदानको आधारमा भन्ने नारा सहित प्रत्येक २ वर्षको अन्तरमा एक एक जना लेखकलाई पुरस्कृत र सम्मान गरिने संस्थाका संरक्षक गुरुङले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ