arrow

मदन मेमोरियल फुटबलको उपाधी चम्किलोको पोल्टामा

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
Terhathum-hamrakura.jpg.jpeg
तेह्रथुम। तेह्रथुम आठराईको सक्रान्तिबजारमा लाग्दै आएको मदन मेलाको अवसरमा आयोजित मदन मेमोरियल नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि घरेलु टिम चम्किलो तारा युवा क्लब ईवा तेह्रथुमले हाते पारेको छ। 
 
सोमबार सक्रान्तिबजारस्थित त्रिमोहन उच्च माविको खेलमैदानमा भएको फाइनल खेलमा खाम्लालुङ गाविस सेतोलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै चम्किलोले उपाधि चुमेको हो। उपाधिसँगै प्रतियोगिताको यो संस्करणको विजेता बनेको चम्किलो तारा युवा क्लबले नगद ८१ हजार, ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ। हारसँगै उपविजेता बनेको खाम्लालुङले नगद ४४ हजार, कप मेडल र प्रमाण पत्रमा चित्त बुझाए।  
 
यस्तै महिला तर्फ लेकसाइट स्पोटिङ ताप्लेजुङ्गले उपाधि हाते पारेको छ। फाइलनमा जाँते मोरङलाई हराउँदै लेकसाइट प्रतियोगिताको विजेता बनेको हो। उसले नगद ३१ हजार, कप मेडल र प्रमाण पत्र हात पारेको छ। उपविजेता बनेको मोरङले नगद १८ हजार प्रात गरे। 
 
पुर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, ईलाम, झापा र मोरङका गरी मदन ममोरियल फुटबलतर्फ १५ र महिला फुटबलतर्फ ६ टिम सहभागी थिए। पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला अन्तर्गत आइतबारै लोक दोहोरी, धान नाँच, कविता वाचन लगायत प्रतियोगिताहरु समेत सम्पन्न भएका छन्। 
२०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदन मेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ। रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएपछि निरन्तर लाग्दै आएको बताइन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ