arrow

‘रोम जलिरह्यो, निरोले बाँसुरी बजाइरहे’, बालुवाटारमा प्रधानमन्त्रीले सारंगी

सरकार यतीसँग सती जानुको कारण के हो ?

logo
प्रकाशित २०७६ माघ २९ बुधबार
dila-sangraula1.jpg

काठमाडौं ।  नेपाली कांग्रेस नेतृ तथा  प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको बताएकी छन्  । बुधबार  प्रतिनिधि सभा बैठकमा संग्रौला पन्तले आफ्नो धारण राख्दै सरकार यतीसँग सती जानुको कारण के हो भनि प्रश्न गरेकी छन् ।

 संग्रौलाले पाँच वर्षअघि न्यारोबडी जहाज खरिद गर्दा ४ करोड २८ लाख घूस दिएको विषयको वास्तविकता सदनसमक्ष राख्न माग गरेकी छन् । संग्रौलाले भनिन्,'अहिले यती आतंक राष्ट्रकै लागि लज्जाको विषय बनेको छ । नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको छ ।  नेपाल ट्रस्टले भाडामा लगाएको ३ हजार रोपनी जग्गामध्ये गोकर्ण, ताहाचल र दरबारमार्गको २ हजार ७ सय ९९ रोपनी जग्गा यती समूहलाई दिइएको छ । पाँच अर्ब रूपैयाँ नोक्सानी हुने गरी दरबारमार्गको जग्गा यती समूह किन दिइयो ? पाथीभराको ३ सय १७ रोपनी ८० वर्षका लागि सित्तै दिइनु र धरानमा विमानस्थल बनाउने प्रचार गरेर यती समूहले प्रतिकठ्ठा २८ हजार रूपैयाँका दरले किनेर सरकारलाई ३० लाख प्रतिकठ्ठाले बेच्न लागेको विषयमा र शिवपुरी राष्ट्रिय निकुञ्जको २ सय १६ रोपनी जग्गा वार्षिक ४० हजारमा के नियतले दिइएको हो ? यतीसँग सती जानुको कारण के हो ? सरकारले एउटा व्यापारिक समूहलाई राज्यको सारा सम्पत्ति जिम्मा लगाउनुको तात्पर्य के हो, प्रधानमन्त्रीसँग यसको जवाफ माग गर्दछु । साथै, पाँच वर्षअघि न्यारोबडी जहाज खरिद गर्दा ४ करोड २८ लाख घूस दिएको विषयको वास्तविकता सदनसमक्ष राख्न माग गर्दछु ।'

उनले ‘रोम जलिरह्यो, निरोले बाँसुरी बजाइरहेको र बालुवाटारमा प्रधानमन्त्रीले बासुरी उस्तै भएको बताएकी छन् ।' पूर्वीय सभ्यता र संस्कृतिको मूल थलो नेपालबाट अलि पर तत्कालीन रोम साम्राज्यतर्फ जाउँ । शासक थिए, निरो । निरोका अरू अपराधको खासै चर्चा छैन । सन् ६४ मा आदिम सभ्यता बोकेको रोममा ६ दिनसम्म भीषण आगलागी भयो । त्यो आगलागी ‘रोम जलिरह्यो, निरोले बाँसुरी बजाइरहे’ भनेर अथ्र्याइएको छ । माघ २१ गते प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गर्नु भएको ‘सारंगी साँझ’को तस्वीरले ज्यादै द्रबित बनायो । कल्पना गरौँ, यदि निरोको तस्वीर भइदिएको भए, त्यो तस्वीरसँग यो तस्वीर उस्तै देखिन्थ्यो होला ! तर, निरोको प्रवृत्तिसँग प्रधानमन्त्रीको यो कार्य मिल्दोजुल्दो छ ।'

'चीनमा रहेका नेपालीहरू सरकारसँग उद्धारको याचना गरिरहेका छन् । ललिता निवासको जग्गा भ्रष्टाचारमा आफ्नालाई उन्मुक्ति दिने र फरक विचार राख्नेलाई जेल पठाउने तयारी हुँदै गर्दा प्रतिपक्षी दल आन्दोलनमा छ । विपन्न नागरिक जाडोमा एकजोर न्यानो लुगा फेर्ने हैसियतमा छैनन् । कर्णालीमा सिटामोलको अभावले तीन सातामा ९ जनाको ज्यान गएको छ । चुरेदोहन उत्कर्षमा छ । महँगी आकाशिएको छ । नागरिकको दैनिकी अस्तव्यस्त छ । तर, प्रधानमन्त्रीज्यू बाँधुरीको धुनमा मस्त हुनुहुन्छ । प्रधानमन्त्रीज्यू अहिले मनोरञ्जन गर्ने फुर्सदमा हुनुहुन्छ । म सोच्ने गर्छु, चीनमा अलपत्र र दुरदराजका नागरिकले प्रधानमन्त्रीको संगीतमय नयाँ अवतार कसरी हेरे होलान् ! उनीहरूलाई कति लाज भयो होला !'

अहिले यती आतंक राष्ट्रकै लागि लज्जाको विषय बनेको छ । नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको छ ।

प्रतिनिधि सभामा संग्रौलाले भनिन्,' नेपाल ट्रस्टले भाडामा लगाएको ३ हजार रोपनी जग्गामध्ये गोकर्ण, ताहाचल र दरबारमार्गको २ हजार ७ सय ९९ रोपनी जग्गा यती समूहलाई दिइएको छ । पाँच अर्ब रूपैयाँ नोक्सानी हुने गरी दरबारमार्गको जग्गा यती समूह किन दिइयो ? पाथीभराको ३ सय १७ रोपनी ८० वर्षका लागि सित्तै दिइनु र धरानमा विमानस्थल बनाउने प्रचार गरेर यती समूहले प्रतिकठ्ठा २८ हजार रूपैयाँका दरले किनेर सरकारलाई ३० लाख प्रतिकठ्ठाले बेच्न लागेको विषयमा र शिवपुरी राष्ट्रिय निकुञ्जको २ सय १६ रोपनी जग्गा वार्षिक ४० हजारमा के नियतले दिइएको हो ? यतीसँग सती जानुको कारण के हो ? सरकारले एउटा व्यापारिक समूहलाई राज्यको सारा सम्पत्ति जिम्मा लगाउनुको तात्पर्य के हो, प्रधानमन्त्रीसँग यसको जवाफ माग गर्दछु । साथै, पाँच वर्षअघि न्यारोबडी जहाज खरिद गर्दा ४ करोड २८ लाख घूस दिएको विषयको वास्तविकता सदनसमक्ष राख्न माग गर्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ