arrow

रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक पारित

logo
रासस,
प्रकाशित २०७६ माघ २९ बुधबार
girirajs1.JPG

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बैठकले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ ।
 
 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सांसद खगराज अधिकारी, शेरबहादुर तामाङ र प्रेम सुवालले विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।
 
छलफलमा सहभागी सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले रेडियोधर्मी पदार्थलाई नियमन र व्यवस्थित गर्न अत्यन्त जरुरी भएकाले उक्त ऐन ल्याइएको जानकारी दिए। प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन २ गते अपराह्न २ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ