arrow

स्वास्थ्य नीतिको मस्यौदा सरकारलाई हस्तान्तरण

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ २९ बुधबार
swasta-niti.jpg

जनकपुर । प्रदेशका स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफ्नो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।  जनकपुरमा समाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डाक्टर राम केवल साहले समाजिक विकास मन्त्री नवल किशोर साहलाई र मन्त्री साहले मुख्यमन्त्री लालबाबु राउत उक्त मस्यौदा हस्तान्तरण गरेका छन् ।

कार्यदलले तयार पारेको मस्यौदामा प्रदेश नम्बर दुईको स्वास्थ्य क्षेत्रमा देखिएको समस्या, सुधारका लागि गर्नु पर्ने उपाय तथा स्वास्थ्य क्षेत्रको पुर्नसंरचना लगायतको विषयहरु समेटिएका हुन् । उक्त समारोहमा मुख्यमन्त्री लालबाबु राउतले कार्यदलले तैयार पारेको मस्यौदाले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारलाई मार्ग दर्शक हुने विश्वास व्यक्त गरे।

सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्र सोच अनुरुपको सफलता पाउन नसकेको भन्दै मुख्यमन्त्री राउतले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन पुनःसंरचना आवश्यक रहेका बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले स्वास्थ्य नीतिको मस्यौदा तयार भए झै सरकारलाई अगामी दिनमा काम गर्न सबै क्षेत्रको नीति बनाउनु आवश्यक रहेको बताए। मन्त्री सोनलले अगामी दिनमा सरकारले यस मस्यौदालाई प्रारम्भीक आधार बनाएर आफनो नीति तथा कार्यक्रम बनाउने विश्वास व्यक्त गरे ।
 
समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास राज्य मन्त्री अभिराम शर्मा , नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितका वक्ताहरुले मस्यौदा माथि आ–आफनो धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ