arrow

चीनले कोरोना युद्ध र आर्थिक लडाई एकैपटक लड्न सक्ला ?

logo
प्रकाशित २०७६ माघ २९ बुधबार
corona-xi-jinping.jpg

एजेन्सी। चीनमा फैलिएको कोरोना भाइरस बिरुद्ध चीनले युद्धस्तरमा लडाई लडिरहेको छ। चिनयाँ राष्ट्रपति सि चीनफिङले कोरोना बिरुद्धको युद्धको घोषणा गरेका छन्।

चीनबाट विश्वभर फैलिएको तर डरलाग्दो स्थितीमा बाँकी विश्व रहेका छैनन्। सबै राष्ट्र आ-आफ्नो तयारीमा छन् तर चीन भने कोरोना बिरुद्धको लडाईमा लागिरहेको छ। कोरोना बिरुद्धको लडाई लडिरहेको चीनले सँगसँगै आर्थिक स्थिती नियन्त्रणका लागि पनि लडाई लड्नु पर्नेछ।

हाल चीनले यो सङ्क्रमणका विरुद्धमा निकै नै कडा मेहनत गरेर काम गरिरहेको बताइएको छ । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुतरूपमा फैलिएपछि चीनको मुख्य भूमिमै एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । बुधबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरी  १ हजार १०० व्यक्ति मृत्यु भईसकेको छ ।

चीनले यस भाइरसको सङ्क्रमण रोक्न हालसम्म चालीस हजार भन्दा बढी सामुदायिक स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ ।

चीनलाई मङ्गलबार मात्र पनि ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसंघ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका थिए ।

संयुक्त राष्ट्रसङ्घले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिदै यस भाइरसको सङ्क्रमण रोक्न गरेका प्रयासको सराहना पनि गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गरेका छन् । उनले चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि चीनलाई यो सङ्क्रमणविरुद्धको लडाईँमा आवश्यक सहयोग गर्ने बताएका छन् ।

आर्थिक अवस्था

कोरोना भाइरसले विश्व अर्थतन्त्रमा नकरात्मक असर पार्ने प्रक्षेपण गरिएको छ। चीनको अर्थतन्त्रमा दुई-तिहाई योगदान दिने प्रान्तहरु अहिले कामविहिन अवस्थामा रहेका छन्। यो हप्तादेखि २५ प्रान्त र नगरपालिकाका कल-कारखानाहरु खुल्ने भनिए पनि कारखानाहरु खुल्न सकेका छैनन्। खुले पनि सरकारको नियम अनुसार कर्मचारीहरुको पुर्ण स्वास्थ विवरण र शंकास्पद रहेका कर्मचारीहरुलाई १४ दिन (पछिल्लो सुचना अनुसार २४ दिन)को ‘क्वारेण्टाईन’मा राख्नु पर्ने हुन्छ।

चीनमा रहेका कार निर्माता कम्पनीहरु बन्द रहेका छन्। बिभिन्न कारहरुका लागि पाटपुर्जा बनाउने कम्पनीहरु पनि खुलेका छैनन्। ह्युण्डाई, किया, ससाङ्योङ कम्पनीहरु कोरियामा बन्द रहेका छन्। कारलाई चाहिने पाटपुर्जा आयात नभएपछि उक्त कम्पनीहरु बन्द रहेका छन्।

जापानमा निशानले आफ्ना उत्पादनका दुई लाईनहरु बन्द गरेको छ। यही क्रम जारी रहने हो भने आउँदो हप्तामा युरोपका गाडी उत्पादक कम्पनीहरु पनि बन्द हुनेछन्। फक्सवागन, बिएमडब्लु, टोयोटा आदीले आफ्ना उत्पादनहरुमा ढाई हुने जानकारी दिईसकेका छन्। चीनमा पाटपुर्जा उत्दपादन गर्ने कम्पनी बन्द रहेका कारण देखाउँदै ति कम्पनीहरुले यस्तो जानकारी दिएका हुन् बेलायतको पत्रिका टेलिग्राफले लेखेको छ।

जेङगजाउ र सेन्जेन स्थित आईफोन बनाउने कम्पनी फोक्सकमले आफ्नो मुख्य उत्पादन प्लान्ट खोलेको छैन्। ग्वाङजाउ स्थित अधाकरीहरुले मार्च महिनासम्म कारखानाहरु नखोल्न भनेको छ। खोलेको पाईएमा कडा कारवाही हुने जनाईएको छ।

चीनका प्रमुख ३० शहरहरुमा जग्गा-जमिनको कारोवार ठप्प रहेको छ। चीनको क्यापिटल ईकोनोमिक्सले आफ्नो वेबसाईटमा जनाएको छ।

साङघाइ स्थित सोङजियाङका ७० प्रतिशत कारकानाहरु यो हप्तादेखि खुल्ने भनिए पनि वाल स्ट्रिट जर्नलले  साङ्घाइको चाईना ग्लोबल कम्पलेक्समा १ कप जुस पनि बिक्री नभएको जनाएको छ।

त्यसैगरि तेल उत्पादन गर्ने पेट्रो चाईनाले गत सोमबार देखि फेब्रुअरी महिना भरिका लागि ३ लाख २० हजार ब्यारेल प्रतिदिन तेल उत्पादनमा कटौती गर्ने जनाएको छ। यसअघि सिनोपेक्सले ६ लाख ब्यरेल प्रति दिन कटौती गरिसकेको छ।

जहाजमा सामान आयात निर्यात ठप्प भएको छ। चीनका बनद्रगाहाहरु बन्द रहेका छन्। स्वास्थ्य आपतकाल लागेपछि चीनका बन्दरगाहाहरु बन्द रहेको अवस्थामा विश्व अर्थतन्त्रमा ठुलै असर पर्ने देखिएको छ।

चीनको आयात- निर्यात ठप्प हुँदा विश्व अर्थतन्त्रमा आउँदा दिनहरुमा नकरात्मक असरहरु देखिन थाल्नेछन्। चिनबाट विश्वले आयात गर्ने दैनिक उपभोगका सामाग्रीहरु देखि अन्य सामाग्रीहरुको प्रवाहामा नकरात्मक असर देखिनेछ।

चीन सरकारले कोरोना भाइरस बिरुद्धको युद्ध र आर्थिक दुरावस्थाको एकै साथ सामान गर्न सक्ने छैन। आफ्नो केन्द्रिय बैंकबाट बजारमा कति समयसम्म पैसा प्रवाहा गर्न सक्छ चीनले? जुन एकदम कठिन देखिन्छ। चीनसँग भएको बचतले कति समयसम्म चीनको अर्थतन्त्रलाई धान्न सक्छ ? त्यसमा उसको कोरोना बिरुद्धको लडाईको सफलता वा असफलता भरपर्नेछ।

चीनले केही समय पछि आर्थिक स्थिती सम्हाल्न कोरोना भाईरस बिरुद्धको लडाई स्थगित गरेमा उक्त भाईरस विश्वभर फैलिने छ। चीसोमा बढी संक्रमण हुने भाईरस नियन्त्रणका लागि गर्मी समय कुर्नु पर्ने हुन्छ। उक्त समयसम्म कतिको ज्यान जाला त्यो समयले बताउने छ।

चीनको कोरोना बिरुद्धको लडाईमा विश्वले साथ दिने भनिए पनि अर्थव्यवस्था बजारमा निहित रहेको हुनाले नकरात्मक असर निश्चित देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ