arrow

नेपाली क्रिकेट टोली ब्यवस्थापक 'राजु' को हुन् ?

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
V_Raju.jpg.jpeg
काठमाडौं। नामिबिया बिरुद्ध विश्व क्रिकेट लीगमा नेपाली टोलीका म्यानेजर भेंकटपति राजु थिए। आईसीसीले सम्हालेको प्रतियोगितामा नेपाली टोली सम्हाल्ने जिम्मेवारी पनि आईसीसीले नै लिएको थियो। 
 
नेपाली टोलीका प्रशिक्षक जगत टमाटा भए पनि परामर्शदाता प्रशिक्षक भनेर आईसीसीले नेपालका पुर्व प्रशिक्षक पुबुदु दाशानाएकेलाई नेपाली टोली हेर्ने जिम्मा दिएको थियो। त्यसैगरि आइसीसीले टिम म्यानेजरका रुपमा पनि भारतिय पुर्व खेलाडी भेंकटपति राजुलाई नियुक्त गरेको थियो। 
 
भारतकालागि २८ टेष्ट एवं ५३ एकदिवसिय खेल खेलेका वेंकटपति राजु कुनै समय अनिल कुंबले , राजेश चौहानसँगै भारतिय टोलीमा 'स्पिनर ट्रायो' भनेर चिनिने गरेका थिए। २८ टेष्टमा ९३ विकेट लिएका राजुले एकदिविय अन्तराष्ट्रियमा ५३ विकेट लिएका छन्। 
 
सन् २००४मा पहिलो श्रेणी क्रिकेटबाट सन्यास लिएका राजुले आफ्नो अन्तराष्ट्रिय करियर सन् १९९०मा न्युजिल्याण्डसँग खेल्दै शुरु गरेका थिए भने सन् २००१मा अष्ट्रेलिया बिरुद्ध उनले आफ्नो अन्तिम टेष्ट क्रिकेट खेलेका थिए। 
 
देव्रे हाते स्पिनर राजुको उत्कृष्ट बलिङ श्रीलंका बिरुद्ध रहेको छ। उनले १२ रन खर्चिंदै ६ विकेट लिएका थिए। 
 
राजुले सन् १९९० र १९९६को दुई विश्वकपमा भारतको प्रतिनिधित्व गरेका थिए। 'मसल्स' उपनामले परिचित राजु आफ्नो समयमा दुब्ला तर फिट क्रिकेटर मानिन्थे।
 
आईसीसीसँग आबद्ध राजु १ बर्ष अघि नेपाल आएका थिए। उनले नेपाली टोलीसँग केही समय बिताएका थिए। 
 
यसपाली आइसीसीले नेपाली क्रिकेट टोली छान्ने जिम्मेवारी पनि दिएका राजु अन्तत: नेपाली टोलीको म्यानेजर पनि भए। उनलाई कस्तो रह्यो अनुभव भनेर सोध्दा हाँस्दै उनले भने ' राम्रो रह्यो, टोलीले राम्रो प्रदर्शन गरेको छ।' 
 
नेपाली टोलीको भविष्य कस्तो छ भन्ने प्रश्नको उत्तरमा उनले भने ' उज्जवल । राष्ट्रिय टोलीमा राम्रा खेलाडीहरु छन्। भर्खर यु-१९ टोलीले पनि राम्रो गरेको छ। अब योजनाबद्ध ढंगले यु-१९ टोलीलाई सम्हालेमा नेपालको क्रिकेट राम्रो हुनेछ।'  ' टि-२० विश्वकप खेलीसकेको र एकदिवसिय स्टाटस पाएको टोली पक्कै राम्रो छ' उनले भने। 
 
नेपाली टोलीको बारेमा उनले श्रीलंकाका खेलाडी एवं एशियन क्रिकेट काउन्सिलका बिकास निर्देशक रुमेश रत्नाएकेसँग सुनेको बताए। आफुले सन् ८०को दशकमा नेपालको बारे सुनेको थिएं। त्यो समय मानिसहरु नेपाल शपिङ गर्न आउने गर्थे। 
'शक्ती गौचन राम्रो स्पिनर हुन्। बसन्तलाई मैले टिभीमा हेरेको थिएं। पारसको बारेमा सुनेको थिए तर आज हेर्न पाए उनले के गर्न सक्छन् भनेर' राजुले भने।
 
'सन्दिप लामिछाने अति नै राम्रा बलर हुन्। भविष्यमा नेपाललाई खेल जिताउने बलर हुनेछन्'- राजु तारिफ गर्दै गए। 
 
'नेदरल्यान्डसँग खेल्नु अघि संभवत: नेपाली टोलीले धेरै खेल खेल्न पाउने छ' उनले आशा गरे। 
 
आफै स्पिनर भएको र नेपाली टोलीमा धेरै स्पिनर देख्दा खुशी लागेको बताउन पनि उनले छुटाएनन्। 
 
आईसीसीले मौका दियो भने फेरि पनि नेपाली टोलीसँग काम गर्ने इच्छा रहेको बताउन नछुटाएका राजुले महिला क्रिकेटमा पनि नेपालले ध्यान दिनुपर्ने भन्न छुटाएनन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ