arrow

टीआरपीको मारमा उदित नारायण, छोरा आदित्यको विवाह जज नेहासँग

logo
प्रकाशित २०७६ माघ २९ बुधबार
Neha_Kakkar.jpg

काठमाडौं । गायक उदित नारायणका छोरा आदित्य नारायण र गायिका नेहा कक्कडको विवाहको समाचार सामाजिक सञ्जालमा धेरै भाइरल भएको छ। नेहा र आदित्यको विवाह बारे हालै उदित नारायणले खुलासा गरेका छन् ।

भारतीय टिभी कार्यक्रमहरूले टिआरपीका लागि कुनै पनि हदसम्म जान सक्छन् यसको उदाहरण गायक उदित नारायणको कुराकानीबाट बुझ्न सकिन्छ । जसले नेहा कक्कड र आदित्य नारायणलाई विवाहको हल्ला फैलाए तर वेहुलाको बाबुलाई नै थाहाँ छैन ।

नेहा कक्कड र आदित्य नारायणको विवाह यस वर्षको फेब्रुअरी १४ मा हुँदैछ भन्ने कुराको चर्चा भएको थियो।  रियलिटी गायन कार्यक्रम इन्डियन आइडल ११ मा लामो समयदेखि यो हल्ला फैलिरहेको छ । अब आदित्यका बुबा उदित नारायणले एक साक्षात्कारमा यो कुरा स्पष्ट पारेका छन् ।

उदित नारायणले एक लेखकसँग कुराकानी गर्दै हाललै भनेका थिए, 'आदित्य मेरो एक मात्र छोरा हो। हामी उनको विवाहको लागि कुर्दै छौं। यदि उनको विवाहको अफवाहहरु सत्य हो भने, म र मेरी श्रीमती यस संसारमा सबैभन्दा खुसी हुनेछौं। तर आदित्यले हामीलाई यसको बारेमा केही भनेका छैनन्।'

उदितले भने,' यदि यो सत्य हो भने फेब्रुअरी १४ मा आदित्यको बिहे हुने भए आवश्यक पनि उसले आफ्ना अभिभावकलाई बताउने थिए ।'

उनले अगाडि भने, 'मलाई शंका छ, नेहा कक्कडसँग आदित्यको विवाहको अफवाह इन्डियन आइडल ११ को टीआरपी बढाउने षड्यन्त्र मात्र हो, किनकि मेरो छोरो प्रस्तोता हो र नेहा शोमा एक जज हुन्। म यो अफवाह साँचो होस भन्ने चाहान्छु किनकि नेहा साँच्चै असल केटी हुन्। हामी उनीहरूलाई आफ्नो बुहारी बनाउने हिचकिचाउँदैनौं।'

आदित्यको विवाहको जानकारी सबैलाई दिने उदितले आश्वासन दिएका छन् । उनी भन्छन्, 'म चाहन्छु कि सम्पूर्ण संसारले त्यो खुशीको क्षण हामीसँग साटोस।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ