केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने
एएनआई,
प्रकाशित २०७६ माघ २९ बुधबार
1k
Shares
नयाँ दिल्ली। आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन्। उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्। सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ। आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो। आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो। दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो।
यस सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए। शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय काँग्रेसले पछिल्ला दुबै चुनावमा खाता समेत खोल्न सकेन।