arrow

हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित

logo
रासस,
प्रकाशित २०७६ माघ २९ बुधबार
Himalayan-_bank.jpg

काठमाडौं। हिमालयन बैंकले आफ्ना शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। सो बैंकको आज यहाँ सम्पन्न २७औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) पारित गरेको हो।

बोनस शेयरको वितरणपश्चात् बैंकको चुक्ता पूँजी रु नौ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२८ पुग्ने बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले जानकारी दिए। २७ वर्षदेखि वित्तीय सेवा दिँदै आएको बैंकले आव २०७५-७६ मा रु एक खर्ब १३ अर्ब नौ करोड निक्षेप सङ्कलन र रु ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ