arrow

मुम्बई हमलाका मुख्य आरोपी सईदलाई सजाय

logo
प्रकाशित २०७६ फागुन १ बिहिबार
hafiz-said.jpg

काठमाडौं । पाकिस्तानको लाहोरको एक अदालतले मुम्इई हमलाका मुख्य आरोपी तथा जमाद–उद–दावाका हाफिज सईद आतंकवादीलाई कोष उठाउने मामिलामा दोषी पाइएका छन् । 

उनलाई उक्त मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएको छ । उनी विरुद्द आतंकवादी कोष, मुद्रा अपचलन र अवैध कब्जालाई लिएर २३ वटा मुद्दा अदालतमा दर्ता भएका छन् । 

अदालतले ६ फेब्रुअरीमा सुनुवाई भएपछि फैसला सुरक्षित राखेको थियो । सईदमाथि पछिल्लो डिसेम्बरमा पाकिस्तानी अदालतले आतंकवादी कोष उठाउने मामिलामा आरोप लगाएको थियो ।

यसअघि जुलाई ३ तारिखमा पंजाब प्रान्तका पुलिसले सईद र एक सहयोगीविरुद्ध १३ मुद्दा दर्ता गरेका थिए । 

एन्टी टेररिज्म कोर्ट (एटीसी) ले उनका चार सहयोगीलाई पनि आरोप लगाएको थियो । सईदलाई प्रहरीले गत वर्षको १७ जुलाईमा पक्राउ गरेको थियो । 

सईद डेढ वर्षदेखि लोहोरको कोट लखपत जेलमा रहेका छन् । 

उनी सन् २००८ मा भएको मुम्बई हमलाका मुख्य आरोपी हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ