- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी फेरि जगत टमाटाले पाएका छन् । पटक पटक मुख्य प्रशिक्षक हुँदै आएका टमाटालाई भारतीय प्रशिक्षक उमेश पटवालले विस्थापित गरेका थिए ।
पटवालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीमा करार सकिनु ४ महिना अगाडि नै राजीनामा दिएपछि नेपाल क्रिकेट संघ क्यानले तत्कालका लागि टमाटालाई अन्तरिम मुख्य प्रशिक्षकका रुपमा जिम्मा दिएको हो । टमाटाले सघाउँदै आएका थिए । पटवाल पटक पटक भारत जाँदा टमाटाले नै नेपाली टिम हेर्थे ।
पटवालले काठमाडौंमा भएको ट्राइसिरिज अगाडि राजीनामा दिए पनि सिरिजसम्मका लागि प्रशिक्षक हुने जनाएका थिए । उनी आठ महिना अगाडि नेपालको मुख्य प्रशिक्षक भएका थिए ।
त्यसअघि उनी नेपालकै ब्याटिङ प्रशिक्षक थिए । क्यानका महासचिव अशोकनाथ प्याकुरेलका अनुसार अर्का पूर्णकालीन मुख्य प्रशिक्षक नपाउन्जेल टमाटालाई नै जिम्मेवारी दिएको बताएका छन् ।
टमाटाले पनि आफूले फेरि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएको बताए ।
उनले आफ्नो फोकस अब २७ फेब्रुअरीदेखि थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजनका लागि तयारी गर्ने पनि बताएका छन् ।
मार्च ६ तारिखसम्म हुने उक्त प्रतियोगितामा नेपाल, आयोजक थाइल्याण्डसंगै ८ टिम हुने छन् ।
अन्य टिममा भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुर रहेका छन् ।
यो खेल एसिया कप २०२० का लागि छनोट हुने माध्यम हो । १६ टिमलाई दुई समूहमा विभाजन गरी खेलाइने रिजनल छनोटमा समूहका शीर्ष दुई टिमले फाइनल चरण खेल्न पाउने छन् ।
फाइनल चरण अगष्टमा मलेसियामा हुनेछ ।
वेष्टन रिजन भने २३ फेब्रुअरीदेखि सुरु हुँदैछ ।