arrow

भारतीय प्रशिक्षक पटवाललाई बाइबाइ, टमाटा पुरानै भूमिकामा

२७ फेब्रुअरीदेखि थाइल्याण्डमा एसीसी इस्टर्न रिजन, ८ टिम सहभागी, शीर्ष दुई टिम एसिया कपको फाइनल चरणमा

logo
प्रकाशित २०७६ फागुन १ बिहिबार
tamata-patwal.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी फेरि जगत टमाटाले पाएका छन् । पटक पटक मुख्य प्रशिक्षक हुँदै आएका टमाटालाई भारतीय प्रशिक्षक उमेश पटवालले विस्थापित गरेका थिए । 

पटवालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीमा करार सकिनु ४ महिना अगाडि नै राजीनामा दिएपछि नेपाल क्रिकेट संघ क्यानले तत्कालका लागि टमाटालाई अन्तरिम मुख्य प्रशिक्षकका रुपमा जिम्मा दिएको हो । टमाटाले सहायक प्रशिक्षणमा पटवाललाई सघाउँदै आएका थिए । पटवाल पटक पटक भारत जाँदा टमाटाले नै नेपाली टिम हेर्थे । 

पटवालले काठमाडौंमा भएको ट्राइसिरिज अगाडि राजीनामा दिए पनि सिरिजसम्मका लागि प्रशिक्षक हुने जनाएका थिए ।

सिरिज बुधबार सकिएकाले बिहीबारदेखि नेपाल क्रिकेट संघ क्यानले उनलाई बाइबाइ गरेको हो । उनी आठ महिना अगाडि वटवाल नेपालको मुख्य प्रशिक्षक भएका थिए । 

त्यसअघि उनी नेपालकै ब्याटिङ प्रशिक्षक थिए । क्यानका महासचिव अशोकनाथ प्याकुरेलका अनुसार अर्का पूर्णकालीन मुख्य प्रशिक्षक नपाउन्जेल टमाटालाई नै जिम्मेवारी दिइएको हो । 

टमाटाले पनि आफूले फेरि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएको बताए । 

उनले आफ्नो फोकस अब २७ फेब्रुअरीदेखि थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजनका लागि तयारी गर्ने पनि बताएका छन् । 

मार्च ६ तारिखसम्म हुने उक्त प्रतियोगितामा नेपाल, आयोजक थाइल्याण्डसंगै ८ टिम हुने छन् । 

अन्य टिममा भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुर रहेका छन् । 

यो खेल एसिया कप २०२० का लागि छनोट हुने माध्यम हो । १६ टिमलाई दुई समूहमा विभाजन गरी खेलाइने रिजनल छनोटमा समूहका शीर्ष दुई टिमले फाइनल चरण खेल्न पाउने छन् । 

फाइनल चरण अगष्टमा मलेसियामा हुनेछ । 

वेष्टन रिजन भने २३ फेब्रुअरीदेखि सुरु हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ