arrow

कोरोना भयः एक कर्मचारीलाई संक्रमण हुँदा बैंक नै बन्द

logo
प्रकाशित २०७६ फागुन १ बिहिबार
corona-dbs-bank.jpg

काठमाडौं । विश्वभर अहिले कोरोना भाइरस अर्थात् (कोभिड–१९) ले विश्वभरमै आतंक मच्याएको छ । त्यसको असर सिङ्गापुरमा पनि परेको छ । बै‌ंकका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सिङ्गापुरको डीबीएस बैंकको एक शाखा नै बन्द गरिएको छ ।

थप संक्रमण फैलन नदिन बैंकको शाखा नै बन्द गरिएको बीबीसीले लेखेको छ । बैंकका कर्मचारीलाई बुधबारदेखि बिदा दिइएको छ ।

डीबीएस बैंकको एक तलामा तीन सय जना कर्मचारीले काम गर्थे । 

सिङ्गापुरमा कोरोना भाइरस संक्रमितको संख्या ४७ छ । ज्यान कसैको गइसकेको छैन । 

के छ ओभरअल स्टाटस
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अर्थात् विश्व स्वास्थ्य संगठनले नयाँ नामाकरण गरिएको ‘कोभिड १९’ ले अहिलेसम्म ज्यान लिनेको संख्या १,३५० नाघेको छ । 

बुधबार एकै दिन २४२ जनाको ज्यान गएपछि ठूलो संख्यामा मृतकको संख्या भएको हो । 

एकैदिन यति धेरैको मृत्यु भएको यो पहिलो पटक हो । संक्रमितको संख्या ६० हजार पुगेको पनि चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगलाई उधृत गर्दै बीबीसीले लेखेको छ । 

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले पनि २४२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । 

एकैदिन १४ हजार ८४० जना नयाँ संक्रमित भएको समेत जनाइएको छ । यो समेत गरी संक्रमितको संख्या ६० हजार पुगेको छ । 

अस्पतालबाट १३ हजार ३३२ जनाको उपचार भएर उनीहरु घर फर्केको पनि सिन्ह्वाले जनाएको छ । 

चीनको हुवावेमै बढी प्रभावित भएका छन् । 

चीन बाहिर २५ देशमा पनि यो संक्रमण फैलिएको छ । चीन बाहिर पनि कम्तिमा ४४१ जना कोरोना भाइरसका संक्रमित देखिएका छन् । 

के छ नेपालमा ? 
नेपालमा एक जनालाई संक्रमण भएको र उनको उपचारपछि निको भएको जनाइएको छ । 

नेपालमा पनि यसको त्रास बढ्दो छ । कोरोनाको आशंकामा तीन जनाको निगरानीसहित उपचार टेकु अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

एक जना साउदी अरेबियाका बिरामी भने भागेको खवर छ । 

चीनको वुहानमा फसेका १८० नेपालीलाई भने शनिबार दिउँसो लिन जहाज जाने पनि बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ