arrow

हिमपहिरोमा परी सात जनाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७६ फागुन १ बिहिबार
afghanistan-avalanche.jpg

निली, अफगानिस्तान। अफगानिस्तानको एक प्रान्त दायकुन्डीको एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ। यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ। त्यस पहिरोमा परी दुई जना बेपत्ता भएका प्रान्तीय सरकारका प्रवक्ताले बिहीबार बताएका छन्।

दुर्गम स्थानमा रहेको मिरामुर जिल्लाको हेसर गाउँमा यो घटना भएको बताइएको छ। बुधवार अवेर राति घर  हिमपहिरोले पुरिएपछि एक परिवार प्रभावित भएको सरकारका प्रवक्ता सकीना एहसानीले सिन्ह्वालाई बताएका छन्। स्थानीय गाउँलेहरुले चार जनाको लास भेट्टाएको र यसै  परिवारका एक  सदस्य घाइते भएका र उनलाई उद्धार गरेको अझै दुई जना बेपत्ता रहेका प्रवक्ता बताएका छन्।

अफगानिस्तानको राजधानी काबुलबाट २९० किलोमिटर पश्चिममा रहेको सो प्रान्तमा बुधबारको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको तथा सोही दिन छिमेकमा पर्ने प्रान्तमा अन्य तीनको मृत्यु भएपछि यो सङ्ख्या सात पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ