arrow

इङ्गलिश प्रिमियर लिग : टोटनह्यामको उपाधि दावेदारी कायमै

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
stoke_City.JPG.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको टोटनह्याम हट्सपरले उपाधि दावेदारी कायमै राखेको छ । सोमबार राति स्टोक सिटीको घरेलु मैदानमा भएको खेलमा ४–० को फराकिलो जित निकाल्दै टोटनह्यामले उपाधि दावेदारीलाई जिवित राखेको हो । टोटनह्यामलाई जिताउन ह्यारी केन र डेल अलीले समान २–२ गोल गरे ।
 
जितसंगै टोटनह्यामले शीर्ष स्थानको लेस्टर सिटीसंग अंक दूरी कम गरेको छ । टोटनह्यामको लेस्टरसंग ५ अंक कम छ । लेस्टरको समान ३४ खेलबाट ७३ अंक छ । तेस्रो र चौथो स्थानमा रहेका म्यान्चेस्टर सिटी र आर्सनलको ३३ खेलबाट ६०–६० अंक छ । मंगलबार राति हुने खेलमा म्यान्चेस्टर सिटीले रेलिगेशन क्षेत्रमा रहेको न्यूकासल युनाइटेडसंग स्पर्धा गर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ