arrow

कोरोना नियन्त्रणमा नआएपछि हुबेईका सरकारी अधिकारीहरु बर्खास्त, जापानमा एकको मृत्यु

logo
प्रकाशित २०७६ फागुन २ शुक्रबार
corona-patient.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नयाँ नाम दिएको कोभिड–१९ कोरोना भाइरस नियन्त्रणमा आउने लक्षण देखिएको छैन । कोरोना नियन्त्रणमा नआएपछि चीन सरकारले हुेबेई प्रान्तका उच्च अधिकारीहरुलाई बर्खास्त नै गरेको छ । 

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि उच्च सरकारी अधिकारीहरुलाई पदमुक्त गरेको हो । 

भाइरस नियन्त्रण गर्न नसकेको भन्दै चीनले अमेरिकी तथा युरोपेली देशबाट आरोप खेपिरहँदा चीन सरकार पनि कठोर बनेको हो । उक्त क्रममा चीन सरकारले सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तका शीर्ष राजनीतिक नेतृत्वलाई जिम्मेवारीमुक्त बनाएको हो ।

भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ३६७ जना पुगेको जनाएको छ । 

बिहीबार ११६ जनाको मृत्यु भएको छ । नयाँ ४ हजार ८२३ बिरामी फेला परेका छन् । 

जापानमा समेत एक जनाको मृत्यु भएको छ भने ४४ नयाँ बिरामी थपिएका छन् । 

चीन बाहिर ४४७ संक्रमित रहेको पनि बताइएको छ । जापान, फिलिपिन्स र हङकङमा एक एक जनाको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ