arrow

नायिका महिमाको बसको ठक्करबाट मृत्यु, आधा दर्जन फिल्म प्रदर्शनको पखाईमा

logo
प्रकाशित २०७६ फागुन २ शुक्रबार
mahima-silwal.jpg

काठमाडौं । नायिका महिमा सिलवालको दुर्घटनामा परी मृत्यु भएको छ । बसले महिला सवार स्कुटरलाई ठक्कर दिँदा उनीसहित उनकी बहिनी शर्मिलाको पनि मृत्यु भएको हो । 

काठमाडौंबाट चितवन जाने क्रममा बुधवार साँझ ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । 

बहिनी शर्मिलाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।  ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी चितवनको भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले एक दर्जनभन्दा बढी फिल्म र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।

‘कारवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । 

उनी अभिनीत अझै आधा दर्जन फिल्म प्रदर्शनको पखाईमा छन् । 

उनको जीवन पनि अप्रिल फुलजस्तै भएको छ । 

उनले आफ्ना प्रशंसकलाई अप्रिल फुल बनाएर गएकी छिन् । हार्दिक श्रद्धाञ्जली । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ